म्याग्दीको पर्यटकीय खिवाङ गाउँको चिनारी बजारमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ पर्यटकीय खिवाङ गाउँको भिजनलाई समेटेर तयार गरिएको गीतको शुक्रबार एक कार्यक्रम गरी पोखरामा विमोचन गरिएको छ ।

पुनमगरहरूको बसोबास रहेको खिवाङलाई विश्वकै प्रख्यात घोरेपानी, पुनहिल सहित आसपासका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उदेश्यले खिवाङ समाज पोखराको ब्यवस्थापनमा तयार गरिएको गीत नेपाली पप तथा आधुनिक गायिका मेलिना राईको स्वर रहेको छ ।

Link: https://youtu.be/_kXKnlbOIcc

पछिल्लो समय बालबालिका देखि बृद्धबृद्धासम्म लोकप्रिय रहेकी गायिका राईको स्वरमा सजिएको गीतको शब्द खिवाङ समाज पोखरा, म्यूजिक र निर्देशन मौसम पाईजा पुन, क्यामेरा देबेन्द्र पुन र सम्पादन छविराना मगरले गरेका छन् । म्यूजिक भिडियोमा जोडिएकालाई विमोचनाको अवसरमा पोखारको रामघाटस्थित पुनमगर समाज नेपालको हलमा समाजका अध्यक्ष रविन्द्र गर्बुजाले सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन खड्क बहादुर पुर्जा पुन र स्वागत खिवाङ समाजका सल्लाहकार पूर्ण गर्बुजाले गरेका थिए ।

Leave a Reply