अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

‘मेरो माईती शिख गाउँ‘ बजारमा

By -
On: May 24, 2019 11:32 PM
Follow Us:

सुरेन गुरुङ/ जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं.५ शिख गाउँलाई समेटिएकको ‘मेरो माईती शिख गाउँ’ बोलको म्यूजिक भिडियो बजारमा आएको छ । रचनाकार गिता पाईजा(पमपुलि) को गितमा चर्चित गायिका मेलिना राईको समुधुर स्वरमा सजिएको छ । संगीतकार जि पुन रहेको म्यूजिक भिडियोमा छायाँङ्कन तथा निर्देशक मौसम पाईजाले गरेका छन् । उक्त भिडियोमा छायाङकन तर्फ दिका गुरुङ, ड्रोन तर्फ सुरेस घिसिङ र मेकपमा आङनिमा शेर्पाले गरेका छन् ।\

https://youtu.be/b8vYj1txWm0

स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको म्यूजिक भिडियोले शिखको प्रचारप्रसार गर्ने रचनाकार गिता पाईजाले बताईन् । उनका अनुसार शिखको कला र संस्कृतिसँगै पर्यटन प्रर्वधनका लागि समेत म्यूजिक भिडियोले सघाउने बताईन् । शिखमा जन्मिएर कर्मघर पर्वतको जलजला गापा डाडा कटेरीमा रहेको छ । शिक्षा, स्वास्थ्य सहित विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेकी पाईजा हाल हङकङमा बस्दै आइरहेकी छन् ।

-