बाग्लुङको बाग्लुङ बजारमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन । सडक छेऊमा बम जस्तै देखिने टालोमा बेरिएको वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थलमा पुगेको छ । बाग्लुङ प्रहरी प्रमुख एसपी कृष्णहरी पोखरेलले दिएको जानकारी अनुसार शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा सुरक्षाकर्मी त्यहाँ पुगेको छ ।

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दलाई लक्षित गरेर नेकपाका कार्यकर्ताले त्रास फैलाउन बम राखेको हुन सक्ने पोखरेलको आशंका छ । बन्दको प्रभाव बाग्लुङ बजारमा सामान्य देखिएको छ । सवारी साधन र विहानी सत्रका शैक्षिक सत्रमा यसको  बढि प्रभाव देखिएपनि बजारमा बन्दकर्ताको उपस्थिती नहुदाँ बजार फाटफुट खुल्न थालेका छन । बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

यसैबीच मोरङमा प्रेसर कुकर बम फेला परेको छ । मोरङको सुन्दरहरैचा-७ ठडिया चोक नजिकै प्रेसर कुकर बम फेला परेको हो । त्यस्तै पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहापुरको मुख्य चोकमा समेत शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । शंकास्पद वस्तु फेला परेको सूचना पाए लगत्तै सेनाको टोली घटनास्थलमा जाँदै गरेको बताइएको छ ।अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सनिधखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।

Leave a Reply