भारतीय सेनाबाट सेवा निबृत्त भएपछि गित संगितको क्षेत्रमा लागेका ध्रुव जिसी र कुमारी पुनको लोकदोहोरी गित दुरीको एक कार्यक्रमका बीच शनिबार बिमोचन गरीएको छ । गित संगितको क्षेत्रमा भर्खर पाइला चाल्दै गरेकी कुमारीको स्वरमा सजिएको दुरीको बिमोचन मगर संघ म्याग्दीको सभाहलमा गरिएको थियो । जिसी र पुनको स्वर रहेको गितको लय तथा शब्द संयोजनन कस्तुप पन्तले गरेका थिए भने संगित संयोजना बिनोद बाजुरालीले गरेका छन् । उक्त गितको मालश्री रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड गरीएको थियो भने मिक्सीङ खड्क बाजुरालीले गरेका छन् ।

त्यस्तै गितको म्युजिक भिडियो समेत तयार भएको छ । उक्त गितको म्युजिक भिडियोमा लोमश शर्मा, अनु पराजुली र ध्रुव जि.सी.को अभिनय रहेको छ । राजेश घिमिरेको छायांकनमा निर्माण भएको गितको म्युजिक भिडियोको विष्णु शर्माले सम्पादन गरेका थिए ।

प्रकाश भट्टले म्युजिक भिडियोको निर्देशन गर्नुका साथै नृत्यको कोरियोग्राफी गरेको गितको दृष्य निर्माण साई भिजन प्रालिमा भएको थियो । मगर संघ गण्डकी प्रदेश सचिव राजकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन मगर संघ म्याग्दीका सचिव खम थापाले गरेका थिए । मगर संघ अध्यक्ष डगमायाँ पाइजाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा मगर, हेम भण्डारी, एकराज चापागाई, धनकुमारी थापालगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply