सिर्जना पन्त/बागलुङ ।

विदेशीको जागिर खान्न भनेर जीवन भर खेती किसानी गरेर बसेका बागलुङको ताराखोला गाउँपालिकाका शेर बहादुर घर्तीले ५२ वर्षको उमेरको गाउँमा रोजगारी पाउँनुभएको छ ।‘दामलीहरु भारतीय आर्मीको पेन्सन बुझ्छन् घर्ती भन्नुहुन्छ, मैले त घर छोडेर बाहिर जाने बारेमा कहिलै सोच्न सकिन ।’ हसिया र खुर्पेटो भिरेर जीवनको महत्वपूर्ण समय विताएका घर्ती गाउमै रोजगारी पाइन्छ होला भनेर कहिलै कल्पना पनि नगरेको बताउँनुहुन्छ ।तर यतिबेला स्थानिय तहमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत कामका लागि पारिश्रमिकमा आधारित अल्पकालिन रोजगार कार्यक्रममा समाहित हुन पाउँदा घर्ती मख्ख हुनुहुन्छ । ‘घर टोलका बाटो त सधै बनाएको हो, घर्ती भन्नुहुन्छ यो पटक यहि काम गरे वापत पैसा पाइन्छ रे ।’ घर्ती जस्तै ताराखोला गाउँपालिका–५ रानीबासकी ४५ वर्षीया खमिसरा घर्ती पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुनुभएको छ । अर्म–पर्म गरेर खेती लगाउँने र मेलापात गर्ने गरेकी घर्ती जीवनमै पहिलो पटक पारिश्रमिक लिएर काम गर्न पाउँदा दंग हुनुहुन्छ । ‘छोरामान्छे र हाम्रो ज्याला एउटै रे घर्ती भन्नुहुन्छ, हाम्ले पनि बाटो सफा गरेर पैसा पाउँने भइयो ।’

ताराखोला गाउ“पालिकाको बेरोजगारको सूचिमा ८ सय जना सूचिकृत छन् । तिनै ८ सय मध्येबाट पहिलो पटक ९५ जना ले २२ दिनको लागि रोजगारी पाएका छन् । सडक मर्मत गर्ने, नाली बनाउ“ने, अफ्ट्यारो ठाउ“मा ग्राभेल गर्ने गरि गाउ“पालिकाका २८ महिला र ६७ पुरुषले दैनिक ७ सय रुपैया ज्याला पाउ“ने गरि रोजगार पाएका हुन् ।

ताराखोला गाउँपालिका–३ हिल का ३२ वर्षीय कपिल बुढाथोकी पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा समाहित हुनभएको छ । १० वर्ष मलेसियामा बसेर गाउँ र्फकिएका बुढाथोकी निरन्तर गाउँमै रोजगारी पाए सबै युवाहरु गाउँ फर्कने समेत बताउँनुहुन्छ । ‘विदेश रहर होइन बाध्यता हो, बुढाथोकीले भन्नुभयो गाउँमै जागिर पाउँने हो भने विदेश को जान्छ ।’

गाउँपालिकाले २० गतेबाट लागु हुने गरि पाँच वटा वडामा ८ समुहको निर्माण गरेर सडक मर्मतमा खटाएको छ । २१ लाख रुपैया बजेट रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमको पहिलो चरणमा कामदारहरुलाई रु.४ लाख ५० हजार बराबरको सडक मर्मतका लागि आवश्यक सुरक्षा पोशाक, गैची, वेल्चा, घन, कोदालोे, हँसिया, ठेला जस्ता आवश्यक औजार समेत हस्तान्तरण गरिएको गाउँपालिका प्रमुख प्रकाश घर्तीले बताउँनुभयो ।

घर्तीले वर्खाको समयमा भल बाढी बगेर अवरुद्ध भएका सडकहरुलाई सञ्चालनमा ल्याउँनको लागि प्रतेक दिन ८ घण्टा सडकमै काम गर्ने गरि रोजगारी प्रद्धान गरिएको बताउँनुभयो । ‘यो आर्थिक वर्षको लागि जम्मा २२ दिनको कार्यक्रम छ, घर्तीले भन्नुभयो आगामी आर्थिक वर्षमा संघबाट यो कार्यक्रम निरन्तर भएन भनेपनि हामीले स्थानिय तहबाटै निरन्तरता दिनेछौं ।’

Leave a Reply