अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गलकोटमा ट्याक्सी दुर्घटना, एमबि खत्रीको ज्यान गयो

By -
On: June 15, 2019 10:43 AM
Follow Us:

गलकोट नगरपालिका वडा नम्वर ४ को भेडीखाल्टामा शुक्रबार राती ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परि मनबहादुर खत्री (एमबि )को मृत्यु भएको छ । २ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । घाइते हुनेमा सवारी धनी तथा चालक हुमबहादुर कुँवर र  मृतक खात्रिका भान्जा   आयुष कार्की रहेका छन । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

ध १ ज ५१३ नम्बरको ट्याक्सी गयराती १० बजेको समयमा दुर्घटना भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरि नायव निरिक्षिक ऋण बहादुर बैदवारले जनाकारी दिए । हटियाबाट नुवाकोटतर्फ जादै गरेको ट्याक्सी दुर्घटनामा परेको हो । मृतक खत्री केही दिन अघिमात्र जापानबाट घर आएका थिए ।रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ । घनश्याम गौतम

-