केही महिना पहिले छोइनसक्नु गरी प्याजको भाउ बढ्यो । अहिले सुकेको प्याजको भाउ त घटेको छ । तर हरियो प्याजको भाउ चाहिँ महँगो छ । तैपनि उपभोक्ताको रोजाई सुकेकोभन्दा हरियो प्याजमा नै हुन्छ ।

सुकेको प्याज महँगो नै भएपनि किसानलाई त्यति फाइदा हुँदैन, जति फाइदा हरियो प्याजमा हुन्छ । बजारमा पुर्‍याउने बित्तिकै सकिने भएकाले हरियो प्याज न सस्तोमा बेच्नुपर्छ न बिक्री भएन भनेर फिर्ता ल्याउनुपर्छ ।

उत्पादन कम तर माग धेरै भएकाले हरियो प्याजको कारोबार जुनसुकै बेलामा पनि उत्तिकै हुन्छ । बजारमा अहिले सुकेको प्याजको भाउ निकै सस्तो छ । तर मीठो स्वाद र जेमा पनि प्रयोग गर्न मिल्ने भएकाले धेरैले सुकेको प्याज भन्दा पनि हरियो प्याजको खरिद बिक्री धेरै गर्ने गरेका छन् । माग धेरै तर उत्पादन भने कम हुँदा हरियो प्याजको मूल्य हरेक सिजनमा महँगो नै हुन्छ । विशेषगरी होटल, रेष्टुरेन्टमा हरियो प्याजको माग धेरै हुने गरेको छ ।

आम्दानीसँगै स्वास्थ्यलाई पनि फाइदा
तरकारी र खाजालाई स्वादिलो बनाउन हरियो प्याज राख्ने गरिन्छ । तर हरियो प्याजको गुण खानेकुरालाई स्वादिष्ट बनाउनु मात्रै छैन । यसले स्वास्थ्यमा पनि राम्रो गर्छ । हरियो प्याजको नियमित सेवनले स्वास्थ्य राम्रो हुने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार हरियो प्याजबाट स्वास्थ्यलाई निम्न फाइदा पुग्छ :  मुटुलाई स्वस्थ राख्छ । २. शरीरमा कोलेस्टेरोलको मात्रा घटाउँछ ।

३. गर्मीका कारण शरीरमा उत्पन्न हुने समस्या (रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने )निको हुन्छ । ४.प्याजमा पाईने तत्वले हड्डी बलियो बनाउँछ । ५.आँखालाई फाइदा पुर्‍याउनुका साथै मस्तिष्कमा शितलता दिन्छ ।

६. हरियो प्याजमा सल्फरको मात्रा पर्याप्त हुने भएकाले रक्तचाप सन्तुलन हुन्छ । ७. दमका रोगी र मधुमेहका विरामीलाई पनि हरियो प्याज निकै फाइदाजनक हुन्छ । ८. रोग प्रतिरोधी गुणको विकास गर्छ । ९. अनुहारमा चाउरीपना र चायाँ पोतो कम हुन्छ ।

अक्यूप्रेसर विशेषज्ञ डाक्टर केशव सापकोटा भन्नुहुन्छ, ‘हरियो प्याजका यस्ता धेरै गुण छन् । जसको नियमित सेवनले शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।’ उहाँका अनुसार रुघा लागेका बेला हरियो प्याज झानेर खाए शरीरलाई फाइदा पुग्छ । Agency

Leave a Reply