म्याग्दीका लोकगायक प्रकाश दुतराजको ‘आरने’ बजारमा आएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नं ५ अर्मनका दुतराजले नेपाली मौलिक कला र संस्कृतिको जर्गेना गर्ने उदेश्यले ग्रामिण जनजीविकामा आधारित मौलिक भाकामा नयाँ गीत बजारमा ल्याएका हुन् ।

लोक तथा यूवापुस्तालाई आर्कषित गर्ने गीत बजारमा ल्याइरहेका दुतराजको शब्द, संगीत तथा स्वरमा बजारमा आएको गीतमा मोडल देबेन्द्र बब्लु बिश्वकर्मा र सोनाम मगरको अभिनय गरेका छन् । गीतले नेपाली ग्रामिण परिवेशलाई समेट्ने प्रयास गरेको दुतराजले बेनीअनलाइनलाई बताए । उनका अनुसार आगामी दिनमा पनि नेपालीको वास्तविकतालाई आधार बनाएर गीत बजारमा ल्याउने उनले बताए ।

गीतले दुईदिनमै राम्रो प्रतिक्रिया आएको उनले बताए । अर्मनको गाउँमा आयोजना हुने मेलापर्व तथा जिल्लाका कार्यक्रम हुदै गीतसंगीतको क्षेत्रमा प्रवेश गरेका दुतराजले मौलिक कला र संस्कृतिको जर्गेना यूवा गायकको जिम्मेबारीमा रहेकाले पनि ग्रामिण क्षेत्रमा गीतसंगीत प्रेमीलाई समेत समेट्ने प्रयास गरिएको बताए ।
हेर्नुहोस भिडियो

Leave a Reply