म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन पाखुका एक यूवा गायकले हिपहप शैलीको गीत ‘जन आक्रोश’ सार्वजनिक गरेका छन् । पाखुका हिपहप गायक कुमार केसी ‘योङ्ग मिनिस्टर’ले नेपालको वर्तमान अवस्थाका बारेमा चित्रण गरिएको छ । केसीको शब्द, योगेशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाङ्कन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गर्नुभएको छ । गीतमा राजनीतिक वङ्ग्यलाई समेत प्रस्तुत गरिएको छ ।योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याउनु भएको हो ।

आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता र दर्शकको माया पाउनेमा आफू आशावादी बताउनु भएको छ । ‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलीको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढ्दै गएको विकृति विसङ्गतिलाई उजागर गर्ने प्रयास हो’, योगेशले भने । उनले नेपालको अवस्थाले भोली नेपाल नै नभए नेपाली कसरी हुन्छ भन्दै गीतमार्फत सचेत बनाउँदै भविस्यमा पनि हिपहप शैलीकै गीत बजारमा ल्याृन ेबताए । गीत म्यूजिक नेपालबाट बजारमा ल्याइएको छ ।

Leave a Reply