म्याग्दीमा बोक्सी कुप्रथा अन्त्यको महाअभियान अन्तर्गत निर्माण गरिको चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरिएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वय र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा सोमबार बेनीमा एक कार्यक्रमका विच सो चलचित्र प्रदर्शन गरिएको हो ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्र ‘अग्नीदहन’ को परिकल्पना प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्यायले गर्नुभएको छ ।घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रमा प्रकाश घिमिरे ,अनुपमा भण्डारी , माउसे गुरुङ तथा प्रमिला तुलाचनको मुख्य अभिनय रहेको छ । गुरुङ धामीको भुमिकामा देखीनुभएको छ ,भने तुलाचन बोक्सीको भुमिकामा ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले मान्छे बोक्सी नभएको बताउनुभयो ।उहाँले बोक्सी प्रथा नेपालको कानुनमा प्रतिबन्धीत भएको जानकारी दिनुभयो । अशिक्षा ,गरिवि र अन्धविश्वासका कारण समाजमा बोक्सी प्रथा संगै विभिन्न कुप्रथा मौलाएको उहाँको भनाई छ । निर्दोष नागरिकले बोक्सीको नाममा अकाल्मै ज्यान गुमाउनुको साथै समाजबाट तिस्कृत हुनु दुखद् कुरा भएको बताउनुभयो ।

बोक्सी प्रथा संगै अन्य विभिन्न कुरीती अन्त्यका लागि विद्यालय तथा जनस्तरबाट जनचेतना फैलाउनुपर्ने जोड दिनुभयो । बोक्सीको नाममा अपमान गर्ने जो कोहिलाई पनि कानुनी रुपमा कारबाही हुने प्रजिअ अधिकारीले बताउनुभयो ।
कार्यक्रममा चलचित्रका परिकल्पनाकार शर्मा उपाध्यायले कोही पनि बोक्सी हुन नसक्ने बताउन्भयो । उहाँले अशिक्षा ,बेरोजगारी ,अन्धविश्वासका कारण बोक्सी प्रथाले समाजमा जडो गाडेको र यसको अन्त्यका लागि आफुहरुले महाअभियान चलाएको जानकारी दिनुभयो ।

बोक्सीको आरोपमा हुने हिंसा न्युनिकरण तथा उन्मलनका लागि चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो । समाजमा रहेको कुप्रथा अन्त्यका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम संचालन गर्दै आएको उहाँको भनाई छ । समाजको वास्तविक चरित्रलाई उजागर गरेको चलचित्रले विशेष चलचित्रको अवार्ड पाएको परिकल्पनाकार तथा प्रतिष्ठान नेपालका अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।संस्थाका संरक्षक भुवनेश्वर शर्मा पौडेलले नेपाली समाजमा ब्याप्त रहेको बोक्सी कुप्रथाको अन्त्यका लागि चलचित्र निर्माण गरिएको बताउनुभयो ।

उहाँका अनुसार पोखरा ,हेतौडा र काठमाण्डौको विभिन्न स्थानमा चलचित्रको छायाँकन गरिको छ । म्याग्दी सहित २२ वटा जिल्लामा चलचित्र प्रदर्शन गरिको जानकारी दिनुभयो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा गण्डकी प्रदेशमा मनाङ बाहेक सबै जिल्लामा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । अध्यक्ष उपाध्यायको अध्यक्षता ,संरक्षक शर्मा पौडेलको स्वागत र प्रतिष्ठानकी सचिव रमा ञिपाठीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply