मरीचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । यसमा ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्न सक्ने सहयोग गर्छ । मरीच यसकारण सेवन गर्नुस्ः

ज्वरो एवं रुघाखोकी – मरिच उत्तेजना, सुगन्ध र स्फूर्तिको श्रोत हो । ज्वरो, खोकी, कफ एवं श्वासप्रवासमा समस्या हुदा यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा मरिचको धुलोलाई एक गिलास पानीमा मिलाएर पकाउने र सेलाएपनि बिरामीलाई खान दिएमा यसले ज्वरो छुटाउन मद्धत गर्छ र क्रमस ज्वरो कम हुदै जान्छ । दुधमा मिसाएर यसको सेवन गर्दा पनि बिरामीलाई आराम मिल्छ । महमा मरिच मिलाएर बिहान बेलुका सेवन गरेमा केही दिनमै रुखाखोकी निको हुन्छ । मरिचले पिनासको समस्या समेत ठिक गर्छ ।

दात दुखे एवं किराले खाएमा – भिटामिन के, क्याल्सियम, फाइबर एवं फलाम लगायत पाइन्छ । यसको दैनिक प्रयोगले दाँत दुख्ने तथा किराको आक्रमणबाट छुटकारा मिल्छ । छालाको लागि समेत लाभकारी मरिचले रोग एवं संक्रमणबाट बचाउछ ।

आँखा दुख्ने एवं रतन्धो – गाइको घ्यूमा मरिचको धूलो मिलाएर भातसँग खाने गरेमा आँखाको रोगहरु कम हुदै जान्छ । त्यस्तै धुलो मरिचलाई दहीमा फुराएर सुत्ने बेलामा आखामा लगाउनाले पनि रतन्धोको समस्याबाट उन्मुक्ति पाइन्छ ।

पायल्स एवं अर्थराइटिस – पायल्सका रोगीका लागि मरिच प्रभावकारी औषधी हो । जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी हुन्छ । त्यस्तै मरिचलाई तीलको तेलमा पकाएर हातगोडामा लगाउने हो भने अर्थराइटिसका बिरामीलाई धेरै नै आराम मिल्छ ।

खाना अपच- तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अपचको समस्या टाढै हुन्छ । चियाको लत हुनेहरुले यसलाई मिलाएर बिहान बेलुका सेवन गर्ने हो भने अपचको समस्या सधैको लागि टाढै हुन्छ । यी र यस्ता कैयन समस्याको लागि मरिचको प्रयोग गरिन्छ । तपाइमा कुनै रोग एवं संक्रमण छैन भनेपनि मरिचलाई मसलाको रुपमा प्रयोग गरेर यसको लाभ लिन सक्नुहुन्छ ।

Leave a Reply