शैक्षिक सत्र २०७५ को माध्यामिक शिक्षा परीक्षाको नतिजा समग्रमा सन्तोषजनक नै रहेपनि सुधारको आवश्यकता रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले बताए । जिल्लामा नीजि विद्यालयको नतिजा सन्तोषजनक देखिने गरेको अवस्थामा सामुदायिक विद्यालयको हरेक बर्ष तलमाथी हुने गरेकाले परिक्षामुखी विधिलाई तोड्न आधारभुत तहदेखि नै योजनाबद्ध तरिकाले अगाडी बढ्नुपर्नेमा जोड दिइएको छ । आधारभुत तहदेखि नै विद्यार्थीलाई पढ्ने बानीको विकासका लागी घरदेखि विद्यालयसम्म शैक्षिक सुधारको योजना बनाउनुपर्ने थापाको भनाई छ । यसैसन्र्दभमा यसबर्षको एसईई नतिजा सहित सम्रज जिल्लाको शिक्षाका बारेमा हरिकृष्ण गौतमले गरेको कुराकानी ।
यसबर्षको माध्यमिकशिक्षा परिक्षा (एसईई) को नतिजालाई कसरी हेर्नुभएको छ त ?
शैक्षिक सत्र २०७५ को माध्यमिकशिक्षा परीक्षाको नतिजा समग्रमा सन्तोषजनक नै रह्यो । जिल्लाका स्रोतसाधन र दरबन्दीकाहिसावले पूरा दरबन्दीभएकाविद्यालयहरुको तुलनामा यस वर्ष न्यून स्रोतसाधन र जनशक्तिभएका केही विद्यालयहरुको अब्बल देखिए । संस्थागत विद्यालयहरुको नतिजा पनि समग्रमा सन्तोषजनक नै रह्यो । म्याग्दी जिल्लाको नतिजा जस्तो भएपनि हरेक बर्ष एसईई मात्रै नभई हरेक तहको परिक्षाको समिक्षा तथा आगामी दिनमा सुधारका योजनाहरुलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

अघिल्ला बर्षको तुलनामा सम्रग जिल्लाको नतिजा कस्तो हो त ?
विगत केहि वर्षको म्याग्दीजिल्लाको एसइइ परीक्षाको नतिजामाखासै उतारचढाव आएको छैन । अघिल्लो र यस वर्षको तुलनागर्दा यो पटक न्यून स्रोतसाधन र दरबन्दी भएका विद्यालयहरु पनि जिल्लाको समग्र नतिजामा अगाडि आउन सकेको अवस्था रह्यो । म्याग्दी जिल्लाको नतिजाको अवस्थालाई हरेकबर्ष उत्कृष्ट बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिन्छ । जिल्लाका सामुदायिक विद्यालयका समस्या धेरै छन् । मैले अगाडी नै भनिसके सुन्य दरबन्दीका विद्यालयको नतिजाले पनि देखाएको छ । स्रोतसाधनको प्रयाप्त भएमा नतिजालाई ब्यापक सुधार गर्न सकिन्छ ।

सामुदायिक विद्यालयको नतिजा खस्किएको देखिन्छ, यसको प्रमुखकारण के होला?
सामुदायिक विद्यालयको नतिजा खस्किएको भन्दापनि संस्थागत विद्यालयको तुलनामा कमजोर रह्यो भन्दा उपयुक्त होला। यसका पछाडि धेरै कारणहरु रहेका छन । स्रोतसाधन, विषयगत शिक्षकको व्यवस्था, अभिभावकहरुको चेतनास्तर, विद्यालयको परीक्षामुखी तयारी, विद्यार्थीको स्तर आदि जस्ता पक्षले समग्रमा सामुदायिक विद्यालयहरुको नतिजा संस्थागत विद्यालयको भन्दा कमजोर रहेको मान्नुपर्छ । म्याग्दीमा सामुदायिक विद्यालयको नतिजालाई सुधार गर्न अभिभावकले पनि उत्तिकै समय दिनुपर्छ । घर विद्यार्थीको पहिलो विद्यालय हो भने अभिभावक शिक्षक । घरदेखि विद्यालयसम्म विद्यार्थीको निगरानीमा अभिभावकले समेत समय दिन सक्नुपर्छ । जहाँ अभिभावकको सक्रियता राम्रो छ त्यहाँको नतिजामा सुधार देखिन्छ । त्यसैले विद्यालयको नतिजालाई उत्कृष्ट बनाउन अभिभावकदेखि सरोकारवाला निकायको रचनात्मक सहयोग आवश्यकता पर्छ ।

जिल्लाका स्थानीयतहको औसत नतिजामा अन्नपूर्ण गाउँपालिका अगाडी देखिएको छ, कारण के होला?
जिल्लाको स्थानीय तहगत नतिजा विश्लेषण गर्दा अन्नपूर्ण गाउँपालिकाको औसत अरु गाउँपालिकाको भन्दा बढि देखिएको छ । यसो हुनुका धेरै कारणहरु हुन सक्छन । खासगरी अन्नपूर्ण गाउँपालिकाको विभिन्न विद्यालयहरु अनुगमनको क्रममा शिक्षण सामग्रीको निर्माण र प्रयोगमा बढि जोड दिएको पाइयो अर्काे कुरा अन्नपूर्ण गाउँपालिकामा समुदायको सहभागिता ज्यादै राम्रो छ । एउटा कुरा अन्नपूर्णका सबै माविमा दरबन्दी छ । दरबन्दीका शिक्षक, समुदायिको लगानी र सक्रियता र प्रविधिको प्रयोगमा समेत अगाडी भएकाले पनि अन्नपूर्णको नतिजा सुधार भएको छ ।

यति हुँदाहुँदै पनि जनजाति बाहुल्य गाउँपालिका भएको कारणबाट मेलापर्व बढि लाग्ने गरेको पाइएको छ। यसले समग्र शिक्षा क्षेत्रमा नराम्रो असर परेको छ। अहिले गाउँपालिकाबाट मेलापर्व व्यवस्थित गर्ने प्रयास भइरहेको छ । यो सराहनीय पक्षहो । यसलाइ व्यवस्थित गर्न सकेको खण्डमा अझै गाउँपालिकाको शैक्षिक सुधार हुने देखिन्छ । अर्को विद्यालयभित्र अनेक कार्यक्रमहरुलाई निरुत्साहित गदैं अगाडी बढेमा जिल्लाका अन्य स्थानीय तहले समेत उ्रत्कृष्ट नतिजा ल्याउन सक्छन् ।

बेनी नगरपालिका भित्रकै सामुदायिक विद्यालयको औसत गाउँपालिकाभन्दा कमजोर देखिएको छ, यो नतिजालाई कसरी लिन सकिन्छ ?
समग्रमा बेनीनगरपालिक ाभित्रका सामुदायिक विद्यालयहरुको नतिजा अन्य स््थानीयतहको तुलनामा अलि कमजोर देखिएको छ । तापनि शुन्य दरबन्दी भएका, स्रोत साधन न्यून भएका विद्यालयहरुको नतिज नगर क्षेत्रभित्र पनि राम्रो देखिएको छ । शिक्षण सिकाइ क्रियाकलापमा भन्दा पनि शिक्षक व्यवस्थापन,विद्यालय व्यवस्थापन समिति गठन लगायतका हरेक कुरामा बढि विवाद गर्ने, राम्रो भन्दा पनि हाम्रो शिक्षक राख्न खोज्ने, विद्यालयका शिक्षकहरुमा सामुहिक भावनानहुनु, नेतृत्वदायी प्रधानअध्यापकको अभाव, विद्यालयप्रति अपनत्वको अभाव हुनु आदिलाइ विद्यार्थीको नतिजासँग जो्ड्न सकिन्छ । नतिजा कमजोर हुनुमा उल्लेखित कारण हरु नै अगाडि आउदछन ।

अर्को कुरा,जिल्लामा विद्यालयगत औसत र स्थानीय तहमापनि धवलागिरी कमजोर देखिएको छ, दुर्गमकाविद्यालयको नतिजा खस्कनुको कारण के होला?
धवलागिरी गाउँपालिका सवैभन्दादुर्गम गाउँपालिकामा पर्दछ ।जहा ँनिजी स्रोतबाट संचालन भएका विद्यालयहरुको संख्या धेरै रहेको छ । धवलागिरी गाउँपालिकाको शिक्षकविद्यार्थी अनुपातपनिअन्य स्थानीयतहको भन्दाउच्च रहेको छ । शिक्षक दरबन्दीको अभाव, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर लगायतकाभौतिकपूर्वाधारको अभाव आदि लाइ विद्यार्थीहरुको नतिजासँग जोड्न सकिन्छ । साथै दुर्गम वस्ती भएको कारणले योग्य र तालिम प्राप्त शिक्षकको अभाव, शिक्षकलाइ विद्यालयमा टिकाउन नसक्नु पनि यसका कारणहरु हुन सक्छन ।

एउटा पनि मावि तहको दरबन्दी दिन नसक्ने विद्यालयको नतिजाअब्बल देखियो, यसले तपाईहरुलाई दरबन्दीमिलानमादवाव सृजना गरेजस्तो लाग्दैन् त?
म्याग्दी जिल्लामा तत्कालै दरबन्दी मिलानको कार्य गरिनुपर्दछ । स्थानीय सरकार संचालन ऐन २०७४ ले शिक्षक दरबन्दी मिलानको जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको छ । प्राविधिक सहयोग आवश्यक परेमाशिक्षाविकास तथा समन्वयइकाइ सधै साथमा छ । ८० भन्दा वढि विद्यालयहरुको प्राथमिकतहमा २० र सो भन्दा कम विद्यार्थी रहेको अवस्था विद्यमान छ भने कतै विद्यार्थीको चाप वढि भइ शिक्षक विद्यार्थी अनुपातन मिलेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीबाट केही गाउँपालिकाहरुमा स्थानीयतहको सिफारिसमा विद्यालयका शिक्षकहरुलाई वढि विद्यार्थी भएका विद्यालयहरुमा खटाउने कार्यसमेत भइरहेको अवस्था छ ।

सुगमका विद्यालयमा दरबन्दीको चाङ लाग्ने, दुर्गममा घाँसदाउरा, चन्दा संकलन गरेर शिक्षक पाल्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ?
सुगम स्थानकै विद्यालयहरुमापनि दरबन्दीको अभाव रहेको छ । दुर्गममा अझै बढि शिक्षक दरबन्दीको अभाव रहेको छ ।गतवर्ष आर्थिक वर्षको अन्त्यमा प्राप्त भएको शिक्षण सहायता अनुदानले शुन्य दरबन्दीभएका धेरै विद्यालयहरुमा ठूलो राहतप्रदान गरेको थियो। दरबन्दी मिलानबाट केहीहदसम्मशिक्षक दरबन्दीको आवश्यकतालाई“ पूरा गर्न सके पनि नेपाल सरकारबाट दरबन्दी थप नभएसम्म यो अवस्थाको अन्त्यहुने देखिदैन ।
नेपालमानतिजा केन्द्रित तयारीमै ब्यस्त हुन्छन्, एउटा विद्यालयले उत्कृष्ट नतिजाल्याउन कस्तो तयारी गर्नुपर्छ जस्तो लाग्छ ?
निकै सान्र्दभिक प्रश्न गर्नुभयो । म्याग्दीमा मात्रे होईन् देशभरी नै एसइई परिक्षाको नतिजालाई नै आधार मानेर सम्रग विद्यालय र जिल्लाको शैक्षिक अवस्था मापन गर्ने गरिन्छ । पढाइलाई परीक्षामुखी बनाइनु हुदैन । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको जनशक्तिको विकास गर्नु आजको आवश्यकताहो । साथैविद्यार्थीहरुले प्राप्त गरेको जिपिएको आधारमा मात्र विद्यालयहरुको मूल्याँकन गरिनुहुदैन भन्ने लाग्दछ तापनि विद्यालय मूल्याँकनको यो पनि एउटा पाटो हो ।

स्थानीयतहले पनि शिक्षालाई खासै प्राथमिकता दिए जस्तो लाग्दैन् । स्थानीयतह केन्द्रितशिक्षा रणनीतिलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ?
संघीय शिक्षा ऐन आउन ढिलो हुनु, स्थानीयतहले शिक्षा ऐन तथा नियमावली निर्माण र कार्यान्वयन गर्न नसक्दा स्थानीयतहकालागि प्रत्यायोजितशिक्षा सम्बन्धी अधिकारहरुको कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको छ। साथै स्थानीयतहको शिक्षा शाखामा कर्मचारीको अभाव, स्पष्ट ऐन कानूनको अभावमा स्थानीय तहबाट प्रवाहगरिनुपर्ने शिक्षा सम्बन्धी सेवाप्रवाहमा असर परेको जस्तो लाग्दछ ।

जसले गर्दा शिक्षाखासै प्राथमिकतामा नपरे जस्तो देखिएको हुन सक्छ। तर सम्रगमा जिल्लाको शैक्षिक विकासमा अव स्थानीय तह अनुसार नै नयाँ र फरक रणनीति बनाउनुपर्छ । जिल्लाभित्रका स्थानीय तहले बजेटमा शिक्षालाई प्राथमिकता दिएको अवस्थालाई मध्यनजर गरी शिक्षाको विकासमा आवश्यकता अनुसार बजेट विनियोजन सहित आधारभुत तहदेखिनै विद्यार्थीको शैक्षिक सुधारका योजनाहरुलाई अगाडी बढाउनुपर्छ । परिक्षामुखी तयारीले विद्यार्थीको भविस्यलाई नै असर गर्छ ।
अन्त्यमा केहीभन्नु छ ।
अन्त्यमा शिक्षा विकास तथा समन्वयइकाइको शिक्षा सम्बन्धीधारणाहरुलाइ अगाडि ल्याउनकालागि सहयोग गर्नु भएकोमाहार्दिक धन्यवाददिन चाहन्छु । सञ्चारक्षेत्रसँग जिल्लाको शिक्षाको अवस्थाका बारेमा राम्रो अनुभव भएकाले पनि निरन्तर शिक्षाको क्षेत्रमा अझै कलम चलाउन अनुरोध गर्दछु ।

Leave a Reply