छालामा देखिएको सेतो दुबीले हैरान हुनुभएको छ, मनमा पिर परेको छ ? समाजले छि ः छि र दूर–दूर गरेको छ अनि परिवारमै पनि दुबीको कारण तपाइको मनोबल गिर्ने व्यवहार भएर आत्तिनु भएको छ वा दुबीकै कारण श्रीमान वा श्रीमतीलाई होच्याउनुभएको वा सम्बन्ध विच्छेद गर्ने सोच बनाउनु भएको छ भने अब नआत्तिनुस् दुबी कुनै ठूलो रोग नभएको चिकित्सकहरुको भनाई छ ।

चिकित्सकहरुका अनुसार छाला र कपाललाई रङ प्रदान गर्ने कोष मेलानोसाइटको निश्क्रिय भएपछि यस्तो समस्या देखा परेको हो । दुबीलाई ज्यानै लिने रोगका रुपमा नलिन पनि चिकित्सकहरुको सुझाव छ ।यो शारिरीक रुपमा भित्रैदेखि समस्या नभएर शौन्दर्य सम्बन्धी समस्या मात्र भएको पनि चिकित्शकहरु बताउँछन् ।

छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार दुबी उपचारका क्रममा निको हुने भएकाले यसलाई गहिरो रुपमा लिनुहुँदैन । उनका अनुसार बालबालिकामा दुबी देखिए तत्कालै उपचार गरेमा छिट्टै निको हुन्छ । यसको उपचारका लागि शल्यक्रिया,लेजर थेरापी, मेलोनोसाइट प्रत्यारोपण फोटो थेरापी लगायत गर्न सकिन्छ ।

Leave a Reply