प्रकाश सपूतको ‘बोल मायाँ’ र ‘गलबन्दी’ लगाएतका सुपरहिट म्यूजिक भिडियोमा अभियन गरेकी अञ्जली अधिकारीसँगै म्याग्दीका नविन केसीले अभियन गरेका छन् । बेनी नगरपालिका वडा नं १० का नविन केसीले ‘चिउरी गुलियो’ बोलको गीतमा अभियन गरेका छन् ।

योग विक र प्रेमकला पुनको स्वर र अञ्चल शाहीको लय रहेको गीतमा केसीले लोकप्रिय कलाकार अधिकारीसँगै अभियन गरेका हुन् । हाल काठमाण्डौमा अध्ययरत केसीले अभियन गर्ने अवसरले धेरै सिक्ने अवसर मिलेको बताए । ‘राम्रो कलाकार बन्ने सपना बुनेको छु,‘चर्चित कलाकारहरुसँग अभियन गर्दा धेरै सिक्न सकिन्छ’ केसीले भने । कुमार केसीले बजारमा ल्याएको भिडियो यूटुवबाट रिलिज भएको छ ।

Leave a Reply