Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

जंगली च्याउ कतिसम्म विषालु ! ०.०२ ग्रामले नै लिन्छ ज्यान

जंगली च्याउ विषालु पनि हुन्छन् भन्ने धेरैलाई थाह छ । तै पनि मानिसहरु जंगल जान्छन्, च्याउ टिप्छन पकाएर खान्छन्। ती मध्ये केही पारखी वा भनौं खान हुने च्याउ चिन्नेहरुलाई केही हुँदैन । तर चिन्न नसक्नेहरु मृत्युको मुखमा पुग्छन् । नेपालमा सय किशिमका च्याउ विषालु छन् । केही च्याउ त यति धेरै विषालु छन् कि शुन्य दशमलव शुन्य २ ग्राम मात्रै पेटमा पर्यो भने मान्छे केही बेरमै मर्छ । जंगलमा पाइने, रुखमा उम्रन, परालमा उम्रने, ढुंगामा उम्रने, गोबरमा उम्रने च्याउहरु पनि विषालु हुन सक्छन् ।

कुन कुन च्याउ विषालु हुन् भन्ने फोटो र नेपालीमा विवरणसहित पोस्टर बनाएर गाउँ गाउँमा बाँडिएको छ । त्यस्ता पोस्टरमा भएको विवरण हेरेर राम्रोसँग छुट्टयाएर, चिनेर जंगलको च्याउ खाने हो भने त्यो धेरै राम्रो कुरा हो । फ्याटरहित हुने च्याउ पौष्टिक भण्डार पनि हो । एक विशेषज्ञको हैसियतले, एक जिम्मेवार नागरिकको हैसियतले पनि मैले पटक पटक लेख, पोस्टर, पुस्तकमार्फत कस्ता च्याउ खाने, कस्ता नखाने भनेर पटक पटक लेखेको छु । जानकारी गाउँ गाउँसम्म पुर्याउने प्रयास पनि विगतमा गरेँ । तर मानिसहरु पोस्टर थान्को लगाएर आँखा चिम्लेर च्याउ खाइरहेका छन् । जसका कारण केहीले ज्यानै गुमाएका छन् ।

नेपालमा १२ सय किशिमका च्याउ पाइन्छन् । ती मध्ये १४५ प्रकारका च्याउ खान हुने किशिमका छन् । ७३ वटा च्याउ औषधीय महत्व बोकेका पनि छन् । औषधीय महत्व बोकेका च्याउहरुलाई प्रशोधन गरेर औषधि बनाइन्छ । नेपालमा पाइने धेरै च्याउको वैज्ञानिक परिक्षण पनि भएको छ । खेतिको भन्दा जंगलको च्याउन स्वादिष्ट हुन्छ । यहि भएर मानिसहरु जंगली च्याउमा आकर्षित हुन्छन् । वर्षौ अघि काठमाण्डुको असन, इन्द्रचौकमा जंगली च्याउ बिक्रीका लागि राखिन्थ्यो । व्यापारीहरु जंगलबाट च्याउ टिपेर ल्याउँथे । पेरुंगोमा राखेर बजार पुर्याइन्थ्यो । हामीले पनि किनेर खाएकै हो । आजकल व्यवसायिक उत्पादन हुन थाल्यो । त्यस्तो चलन हटिसक्यो ।

अहिले पनि जंगल छेउ बस्ने आदिवासीहरु जंगली च्याउ खान्छन् । उनीहरुले जंगली च्याउमध्ये कुन ठीक हो भन्ने चिन्छन् । केहीले चिन्दैनन् । जंगली च्याउ खान हुने हो वा होइन छुट्टयाउन विशेषज्ञ वा पारखी हुनु पर्छ । किनभने खान मिल्ने र नमिल्ने दूरुस्तै हुन्छ । मान्छे सजिलै झुक्किन सक्छ । केही मानिसहरु काठमा उम्रेको, परालमा उम्रेको च्याउ खान हुन्छ भन्छन् । तर काठ र परालमा उम्रेका च्याउ पनि विषालु हुन सक्छन् । कुनै ठाउँ विशेषमा उम्रेंकै भरमा खान हुने र नहुने छु्ट्टिदैन ।

नेपालमा मानिसहरु च्याउको रङ, चिप्लोपना, उम्रेको स्थान, वास्ना, चाँदीको चम्चाले चलाएर छुट्टयाउने गर्छन् । यी प्रक्रिया परम्परागत हुन् । यीनमा कुनै वैज्ञानिकता छैन् । सामान्यतः १२ वटा परम्परागत प्रयोग गरेर खान हुने नहुने च्याउ छुट्टयाउने गरिएको छ । यस्तो प्रयोग सतप्रतिशत भरपर्दीलो भने हुँदैन ।

नेपालको महाभारत पर्वत श्रृङखलामा च्याउ बढी उम्रन्छन् । बिरामी पनि यहि क्षेत्रका मानिसहरु बढी हुन्छन् । तराई र हिमाली क्षेत्रमा पनि च्याउ पाइन्छन् । तर बढी पाइने भनेको ‘सब–ट्रोपिकल जोन’ मै हो । कस्ता च्याउ खाने कस्ता नखाने भन्ने विषयमा मैले कैयन् तालिम, गोष्ठीमा भनेको छु । तर मानिसहरु सचेत हुन सकेनन् । एजेन्सीको सहयोगमा 

Exit mobile version