करेला तितो हुन्छ तर धेरैको जीव्रोमा गडेको हुन्छ । कतिपयको लागि करेला राम्रो चिज हो तर कतिपय बिरामीका लागि करेला विष सरह हुन्छ । त्यसैले तपाइमा यी समस्या छन् भने नखानुहोस् करेला !

गर्भवती महिला – यदि तपाइ गर्भवती हुनुहुन्छ भने भुलेर पनि सखानुहोस् यसले गर्भ तुहिने सम्भावना हुन्छ । यसले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउछ ।

फर्टिलिटि बिरामी – फर्टिलिटिको औषधि सेवन गरिरहनुभएको छ भने करेलाको प्रयोगले फर्टिलिटि सम्बन्धि औषधिको प्रयोलाइ कम गर्छ र रोगको माधा बढ्दै जान्छ ।

पायल्स रोगी – यदि तपाइमा पायल्सको समस्या छ भने तिते करेला नखानुहोस् किनकि यसले पायल्सको समस्यालाइ थप बल्झाउन मदत गर्छ ।

सल्यक्रिया गरेकाहरू – सल्यक्रिया गरेपछि पनि तिते करेलाको प्रयोग गर्नु हुँदैन् यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालार्इ प्रभावित पार्छ र सल्यक्रिया भएको २ हप्ता पछि मात्र करेला प्रयोग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

कलेजो समस्या – कलेजो समस्या भएकाहरूले पनि तिते करेलाको प्रयोग गर्नुहुँदैन । यसको अत्याधिक प्रयोगले कलेजोमा इन्जाइम्स बढ्न थाल्छ जसले इन्फेक्सनको समस्या बढाउँछ ।

महिनावारीको समस्या – यदि तपाइमा महिनावारीको समस्या छ भने बढी करेला खाने बानी आजैबाट छोड्नुहोस् । यो समयमा अत्याधिक रक्तस्राव हुनसक्छ त्यसैले यो समयमा करेला सेवनबाट टाढा बस्नु नै बेस हुन्छ ।

सुगरको समस्या – सुगरको समस्या भएकाहरूले पनि करेला सेवन नगर्नुहोस् यसको सेवनले सुगरको मात्रा सामान्य भन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले कहिलेपनि करेला सेवन नगर्नुहोस् ।

Leave a Reply