माध्यमिक शिक्षा परीक्षा (एसइइ)–२०७५ मा म्याग्दी जिल्लामा ३.८० ‐जिल्लाकै सर्वोत्कृष्ट जिपिए) प्राप्त गरेकी जिल्लाको मंगला गाउँपालिका १ कुहुँ तुसारेपानीकी सलिना राम्जालीलाई गाउँको मनकामना यूवा क्लवले सम्मान गरेको छ । माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयबाट एसईई दिएकी राम्जालीले गाउँको इज्जत राख्ने प्रतिबद्धता जनाएकी छन् । राम्जालीलाई पोविसरा स्मृति कोषले ५० हजार नगद सहित सम्मानको घोषणा गरेको छ । तस्वीर सौजन्य मनकामना यूवा क्लव

Leave a Reply