न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई श्रावण १३ र १४ गते अभिमुखीकरण गरिएको हो । पहिलो दिनको कार्यक्रममा अभिभाबकहरुको समेत उपस्थितिमा संस्थागत परिचय, विद्यालयका नियम लगायतका विषयमा प्रिन्सिपल डीबी दाहाल, भाईस प्रिन्सिपल कृष्ण बहादुर जिसी, र वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले अभिमुखीकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थापक निर्देशक हरिकृष्ण श्रेष्ठ शिवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी दोश्रो दिनको कार्यक्रममा शिक्षक गोबिन्द सुबेदीले कक्षा ११ र १२ मा हुने विभिन्न शैक्षिक र अतिरिक्त क्रियाकलाप, आन्तरिक परीक्षा, शिक्षण क्रियाकलाप र बोर्ड परीक्षाको बारेमा अभिमुखीकरण गर्नु भएको थियो । त्यसैगरी शिक्षक कृष्ण गिरिले छनोटका विषयहरु मध्ये वित्त शास्त्र (फाइनान्स) को क्षेत्र तथा महत्वका बारेमा अभिमुखीकरण गर्नु भयो भने भाइस प्रिन्सिपल कृष्ण जिसीले ब्यबसायिक अध्ययन र कम्प्युटर विज्ञानका बारेमा अभिमुखिकरण गर्नु भएको थियो । कक्षा ११ मा कम्प्युटर फाइनान्स र बिजनेस स्टडी छनौटका बिषय रहेका छन् ।

कार्यक्रममा २०७६ सालको बैसाखमा संचालन भएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजाको बारेमा समेत जानकारी गराइएको थियो । यस बर्षको नतिजामा ब्यबस्थापन समुहमा १२० जना परीक्षामा समावेश भएकोमा ८२ जना विद्यार्थी उत्तीर्ण भएका छन् जसमा शुशिला घर्ति मगरले ३.६ जीपीए प्राप्त गर्दै जिल््ला प्रथम र उत्तीर्ण सबैलाई बधाई ज्ञापन गरिएको थियो । ब्यबस्थापन समुहको नतिजामा जिल्ला मै उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको यस विद्यालयमा अध्ययनको लागि उपयुक्त बाताबरण रहकोले राम्रो नतिजा आउने गरेको प्रिन्सिपल डि बि दाहालले बताउनु भएको छ । यस वर्ष कक्षा ११ मा नेपाली र अंग्रेजी माध्यममा १३५ जना विद्यार्थी भर्ना भैसकेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

Leave a Reply