छविलाल पाण्डे/ ढोरपाटन नगरपालिका वडा नं.८ बोबाङमा एक दम्पतीको विभत्स तरीकाले हत्या भएको छ । गयराति आफनै घरमा बसेका ६८ बर्षिय भानबहादुर कामी र निजकी ६० बर्षिया श्रीमती विमा कामीको धारीलो हतियार प्रयोग गरी हत्या भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदावारले बताए ।

स्थानीयले आईतबार बिहानको समयमा भानबहादुरको शव घर नजिकै मकै बारीमा र विमाको शव घरभित्रै राक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटना थाहा पाए लगत्तै बिहान सबैरै हिँडेको बुर्तिबाङ प्रहरी टोली १२ बजेपछि मात्रै घटना स्थलमा पुगेका कारण घटनाको अनुसन्धान भइरहेको बुझिएको छ । घटनाको प्रकृति हेर्दा बञ्चरो प्रयोग गरेको जस्तो देखिन्छ दुबै जनाको टाउकोमा ठुलो चोट छ ।

जिल्लाबाट प्रहरी प्रमुख लगाएतको टोली घटनास्थलतर्फ आउँदै गरेका कारण थप अनुसन्धान हुने बैदवारले बताए । मृतक बिकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएको बताइएको छ ।बृद्ध दम्पतिको हत्या के कारणले गरिएको भन्ने खुल्न आएको छैन । कुनै आपसी रन्जिस वा लुटपाटको उद्देश्यले यो  हत्या काण्ड गरिएको हो प्रहरी अनुसन्धान पछीमात्र थाहा हुने स्थानीयले बताए ।

Leave a Reply