*नकुल ढकाल नविन*

सरकार
यो मान्छे अपराधी हो
हो मान्छे हत्यारो हो
मान्छेलाइ बौलाहा झै एक सुरे बनाउन पाइन्छ ?
हरेक मान्छेको आँखामा बस्न पाइन्छ ? 
तिन करोडको धड्कन बन्न पाइन्छ ?
के एहा सरकार छैन ?
सरकारको साख गिराउन पाइन्छ ?
जन्म कैद सुनाइदे सरकार”

सरकार……..
एउटो सामान्य पत्रकारले करोडौको मन जित्न पाइन्छ
आखिर के जादु चलायो एस्ले ?
कस्तो मोहनी लगायो एस्ले ?
स्वर्गकी परिमा एउटो ठिटो फिदा भय झै
दुनिया एसैको ब्यक्तित्वमा फिदा छ
एस्तो अपराध गर्न पाइन्छ
सडाइदे सरकार जेलमा”

सरकार…….
सरकार हुँदा हुँदै को हो यो
सारा नेपालीको दुखमा आँशु झार्ने
दुखेको घाउमा मलम लाउने
के बुढो के तन्नेरी
के युबा के युबती
एउटा ब्यक्तिको लागी सडक तताउन पाइन्छ ?
यो अपराधिलाइ सडाइदे
नक्खु जेलमा”

सरकार
लौरी टेकेर
हुइलचियर गुड्कायर
बैसाखीको साहारामा
आँखा नदेख्ने दृस्ठि बिहिन समेत
त्यो सडकमा पसिना पिउदै दिन भर खटियका छन
त्यसरी लिकप्रीय हुन पाइन्छ सामान्य ब्यक्ती ?
छोड्नु हुन्न कदापी सरकार”

सरकार”
त्यो भिड त उस्लाइ सुहाउछ
जो महल बस्छ
साइरन वाला गाडिमा हिड्छ
बोडि गार्ड गार्ड सहित
जम्बो टोलिमा सुइकिन्छ बटुवाहरुलाइ किच्दै
र धुलो उडाउदै
उस्लाइ सुहाउछ जस्ले दुखी पिडित र बेसाहाराको
मुख समेत देख्न रुचाउदैन
फेरि यो संचारकर्मीको नाम लियर किन सडक जाम गरिरहेछ यो भिडले ?
कोचिदे कहिलै न उम्किने गरेर

सरकार….
लाखौको भिड जस्ले उ रिहाइको प्रतिक्षामा
आखा दुखाइ रहेछ
पेट सुकाइरहेछ
पिडा लुकाइरहेछ
उजाडी दे सपना ति भेडाहरुका
जस्ले एउटा सामान्य पत्रकारको स्वागत खोजिरहेछ”

( परिवारको रोटिको लागी जागिर खायको प्रहरी माथी कसैले पनि ढुङ्गा मुढा नगर्नुहोला )

विज्ञापन