आर्थिक रुपमा विपन्न परिवारका सदस्यहरुको उपचारमा सक्रिय ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट बेनीअनलाइनको सम्मान ग्रहण गदैं संवाददाता जेनिशा पुरी । ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मूल नारासहित स्थापित शान्ति कोषका गतिविधिलाई बेनीअनलाइनले प्राथमिकताका साथ सम्प्रेशन गर्ने गरेको छ । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानमा साविकको धौलागिरी अञ्चलकै पहिलो बेनीअनलाइनले विशेष अभियान सञ्चालन गरेको थियो । तस्वीर बेनीअनलाइन

Leave a Reply