संविधान दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाले बिहिबार दिपावली गरेको छ । गाउँपालिकाको कार्यालय अगाडी नेपालको नक्सा सहित दिवसको शुभकामना आदानप्रदान तथा दिपावली गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले जानकारी दिईन् । उनले दिवसको मुल कार्यक्रमलाई समेत हर्षोल्लासका साथ मनाउने बताउँदै वडास्तरमा समेत दिपावलीको सन्देश प्रवाह गरिएबो बताईन् ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ । म्याग्दीका स्थानीय तहले दिवसको अवसरमा विविध कार्यक्रम गरेका छन् । नेपाली नागरिकको लामो संघर्ष, त्याग र बलिदानको जगमा जनताले चुनेका जनप्रतिनिधिले जारी गरेको संविधानको मर्म र भावना जनताप्रति केन्द्रित भएकाले पनि दिवसलाई सरकारले विषेश रुपमा मनाउन सबै स्थानीय तह, नीजि संघसंस्थालाई समेत निर्देशन दिएको थियो ।

Leave a Reply