प्रथम धौलागिरी लोकतारा शक्ति छिनालको पहिलो लोकदोहोरी एल्बम बजारमा आएको छ । मायाँप्रेममा आधारित ‘हिडमायाँ संगै घुम्न जाउ’ एल्बम क्रियटिभ मिडियाको यूटुव च्यानलबाट बजारमा आएको छ । म्याग्दीको सदरमुकाम बेनी हुदै तातोपानी, दरबाङ, मुना लगाएतका स्थानमा सुटिङ गरिएको गीतको शब्दसँगै शक्ती छिनाललाई मिलन विश्वकर्माले साथ दिएकी छन् ।

गीतको निर्देशन भुपेन बानियाँ, सहायक अनुप बानियाँले गरेका छन् ।म्याग्दीको प्राकृतिक सौन्दर्यतामा सुटिङ गरिएको गीतलाई म्याग्दीका पर्यटकीय क्षेत्र सहित विभिन्न स्थानका बारेमा समेत जोडिएको छ । गीतमा बिशाल छन्त्याल र शिखा सुबेदीले अभियन गरेकी छन् । म्यूजिक भिडियोमा ड्रोनको समेत प्रयोग गरिएको छ ।

Leave a Reply