गीतकार बिल पुर्जामगरले ठेट् मौलिका भाकाको ‘शिरफुल मायाँ’ विश्व नेपाली म्यूजिक अवार्डको नोमिनेसनमा परेको छ । म्याग्दीका ग्रामिण भेगमा मेलापर्व, सांस्कृतिक कार्यक्रममा घन्किने मौलिक भाषाको सालैजो लोपउन्मुख अवस्थामा पुगेपछि नयाँ पुस्तालाई आर्कषित गर्न बजारमा आएको गित द्यभकत भ्लमबनभचभ क्यलन टाईटलमा परेको हो ।

आधुनिक, हिन्दी र पश्चिमा गीतसंगितले ग्रामिण क्षेत्रसम्म प्रभाव जमाउन थालेपछि नयाँ पुस्ताले आफ्नो मौलिक कला र संस्कृतिका बारेमा जानकारी गराउन ठेट् भाकाको लोकप्रियतासँगै प्रतिस्पर्धामा परेको गीतकार एवम् गायक पुर्जाले बताए । ‘यो एउटा अवसर पनि हो,‘भविस्यमा थप उत्कृष्ट गीत बजारमा ल्याउन समेत दवाव मिलेको छ’ उनले भने ।

https://youtu.be/C8X1ySBLPCQ

 

पुर्जाको शब्दरचना रहेको गीतमा स्वरमा चर्चित गायिक गिता पाईजाले साथ दिएको गीतमा जिल्लाकै पर्यटकीयस्थल घोरेपानी लगाएत आसपासका क्षेत्रलाई समेत समेटिएको छ । ग्रामिण क्षेत्रमा समुह बनाएर गाईने सालैजो भाकाको गीतले आत्मियता बढाउने गायिका गिता पाईजाले बताईन् । नोमिनेसमा परेपछि अवार्डका लागि भोटिङ समेत खुल्ला गरिएको छ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका ७ घार खिवाङ स्थायी घर भई हाल यूकेमा रहेका पुर्जाले यसअगाडी पनि गाउँलाई जोडेर लोकप्रिय गित बजारमा ल्याएका थिए । करिव १० वटा पर्यटकीय, धार्मिक, बैदेशिक रोजगारको पीडालाई समेटेर तयार गरिएको गीत बजारमा ल्याइसकेका छन् । यूकेमा रहेको धौलागिरी नौमति बाजा समुहका अध्यक्ष समेत रहेका पुर्जाले नेपालीलाई पन्चे र नौमती बाजाको प्रचारप्रसार र संरक्षणमा सक्रिय छन् । म्याग्दी यानीमायाँ, सालैजो, थाली, पुख्यौली नाचको धनी मानिन्छ ।

Leave a Reply