चाडपर्वको समयमा मासुमंसको प्रयोग नेपाली समाजमा अनिवार्य झै बन्दै आएको छ । तर मासुको प्रयोगलाई लिएर वहस पनि यही नेपाली समाजमा समेत सुरु भइसकेको छ । पछिल्लो समय मांसाहारी जीवन भन्दा शाकाहारी जीवन स्वास्थ्य र मानवीय दृष्टिकोणले पनि सही भएको निष्कर्ष निकाल्नेहरुको विश्वभर जमात बढ्दै गर्दा यही वहसमा धेरै नेपालीले आफुलाई पनि समाहित गर्न थालेका छन् ।

जनावरप्रेमीहरु मात्र नभइ स्वास्थ्यका दृष्टिकोणले पनि मासुको विकल्प खोज्नु पर्ने मान्यता बढ्न थालेको छ । मानव शरीरका लागि आवश्यक सबै पोषक तत्व प्राप्त हुनेगरी प्रकृतिले नै अन्न, गेडागुडी, सागपात, फलफूल, कन्दमुल दिएको मत राख्नेहरुको तर्कसंग सहमत हुनेको संख्या विस्तारै बढ्दो छ । यी खाद्यपदार्थहरु त्यही बेला धर्तीमा फल्छ, जतिबेला मानव शरीरलाई आवश्यक हुन्छ ।

प्राकृतिक रुपमा उब्जनी भएको यी खाद्यपदार्थमा पर्याप्त पोषक तत्व हुनका साथै सुपाच्य पनि हुन्छ, जो हाम्रो शरीरले सजिलै पचाउँछ । जब पाचन यन्त्र चुस्त हुन्छ, खाएको कुराहरु पचाउने क्षमता हुन्छ, तब मानव शरीर उर्जावान् हुन्छ । मांसाहारको तुलनामा शाकाहार व्यक्ति निरोगी, स्वस्थ्य, फुर्तिलो हुने पुष्टि समेत भइसकेको छ । उनीहरु मधुमेह, युरिक एसिड, उच्च रक्तचाप जस्ता दीर्घ रोगहरुको जोखिममा हुँदैनन् ।

मुटुरोगको प्रमुख कारणमा बोसो र कोलेस्ट्रोल नै अधिक जिम्मेवार हुन्छन् । तर शाकाहारी भोजनमा यी दुवै कुरा कम हुने भएकाले शाकाहारीहरूलाई हृदयरोगको सम्भावना कम हुन्छ । त्यसैले पनि तामसिक भोजन भन्दा सात्विक भोजनप्रति रुची बढाउने कि ? Source: News24nepal.tv

Leave a Reply