हरिप्रसाद पौडेल/नेपालमा विशेष चाडपर्वहरु, राज्य निर्माण पूर्ननिर्माण तथा यस संग जोडिएका विभिन्न दिनहरुमा उत्सव मनाउने गरी विदा दिने प्रचलन रहिआएको छ । विश्वमा अत्याधिक सार्वजनिक विदा दिने मुलुकहरुको सूचिमा अग्रपंतिमा रहेको नेपालमा संघियताको कार्यान्वयन संगै उपलब्ध गराउदै आइएका अधिकांस विदाहरु हटाइए । फलस्वरुप आम नागरीकहरु जो सार्वजनिक विदा संग सम्वन्ध राख्छन उनिहरुको विचमा यसका सकारात्मक नकारात्मक प्रभावहरु परे त्यसलाई हामिले सामाजिक सञ्जालमा राम्रैगरी अध्ययन गर्न पायौं ।

प्रजातन्त्र दिवस देखी सहिद दिवस सम्म तथा लोछार देखी जनैपुर्णिमा सम्म का विदाहरु कटौती गरीयो । केही आदिवासीहरु विदा पुर्नस्थापित गराउन लागीपरे । देशमा गणतन्त्रको घोषणा हुनुभन्दा पहिला राजा महाराजाहरुको जन्मदीन, सवारी चल्दाका दिन, विदेशी विशिष्ठहरुको आगमन तथा फिर्ता हुँदा विदा दिने प्रचलन सायद नेपालको इतिहास जत्तिकै लामो छ ।

नेपालमा मनाउदै आएका चाडपर्वहरुमा आम नेपालीको संस्कृति रितिरिवाज र परम्परा गासिएको छ कुनैपनि नागरीकको संस्कृति रितिरिवाज र परम्परा माथी अंकुश लगाउने÷धावा वोल्ने अधिकार कसैलाई पनि छैन तर होलि वाइन ले सिंचित हुने अनी वालुवाटारमा वसेर दशैका जमरा लगाइदिएर आर्शिवाद दिने द्धैध चरीत्रवान शासकहरु वाट संस्कृति र परम्परामाथि कुठाराघात गरिएको छ ।

सनातनी परम्परा वाट चलिआएको संस्कृति को जगेर्ना गर्नको लागी सार्वजनिक विदा काटेर नवसामन्तवाद वनेको राज्य संयन्त्र ले मनलाग्दी विदा घोषणा गर्दै हिंड्ने छाडा प्रवृत्ति देखाएको छ, मौलिक परम्परालाई वाग्मतीको ढलमा वगाएर होलिवाइनले चोखिने प्रवृत्तिले एकदिन नेपालको अस्तित्व संकटमा पर्ने छ त्यतिवेला हामिले विगत सम्झेर केहि हुनेवाला छैन।सायद ०४५ तिर होला म्याग्दी जिल्लामा राजा विरेन्द्र आउने भएकोले त्यसदिन तत्कालिन पञ्चायतको निर्देशनमा जिल्लाका सवै विध्यालयहरु वन्द गरी राजाको सवारीमा हर्षवढाई गर्न वेनी जान उर्दि जारी गरीएको थियो ।

रानी गर्भवती भएको निश्चित महिना पुगेपछी त्यस गर्भमा रहेको शिशुको भरणपोषको लागी सरकारी रासन पानीको वन्दोवस्त हुन्छ भन्ने सुनेको मेरो वाल मश्तिष्कमा हामिहरु मेहनत गर्दा समेत भोकभोकै रहनुपरेको तर नजन्मदैको शिशुलाई राज्यवाट वजेटको ब्यवस्था गरिएको प्रति चरम असन्तुष्टी पैदा भएको तथा राजाको छोरा कुनै योगदान विनानै शिंहासनमा वस्ने ब्यवस्था प्रति वितिष्णा जन्मेको कारण म त्यस दिन राजाको सवारीमा नजाने निधो गरेको थिएँ, त्यो कुरा सरलाई सुनाइसकेपछी राजाको विरोध गरेको वहानामा मलाई तिघ्रामा दुइचार लौरा वर्षाइयो त्यो घटना अझै ताजै छ ।

उल्लेखित घटनालाई यहाँ उजागर गर्नुको उद्येस्य विधि विधान भन्दा पनी हुकुमप्रमांगी वाट देश सञ्चालन भइरहेको त्यो परिस्थीतिवाट जनता कति आजित भएहोलान् भन्ने हो । संघियताको कार्यान्वय संगै धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको मेरो देशमा विभिन्न जातजाती, वर्ण र सम्प्रदायका मानिसहरुको वसोवास रहिआएको छ राज्यमा रहने सवै जातजाती धर्म संस्कृतिको संरक्षण र सम्वर्धन गर्नु राज्यको दायित्व हो त्यसैले राज्यको कुनै धर्म हुन्न भन्ने सतही मान्यतालाई आत्मसाथ गर्दै आमनागरीकको भावनामा कुठाराघात गरेको यो संवैधानिक ब्यवस्थाको कारण सवै धर्म र रितिरिवाज मान्ने समुदाय आज पिल्सीएको छ ।

आफुलाई वामपन्थि विचारधाराको विद्वान मान्ने एकजना मित्रले सामाजिक सञ्जालमा लेखेको कुरालाई यहाँ सापटी लिन खोजेको छु (राष्ट्र भनेको न राजसंस्था हो न कुनै जातिविशेष हो, राष्ट्र भनेको भूगोल पनी होइन, निश्चित भुगोलमा वस्ने सवै नागरिकलाई राष्ट्र भनिन्छ अर्थात जनता विना राष्ट्र वन्दैवन्दैन एउटा मात्र नागरिक उपेक्षित भयो भने राष्ट्रवाद अपूर्ण रहन्छ ।) हो यस भनाईप्रति मेरो ऐक्यवद्धता छ त्यसो हो भने आम नागरीक किन उपेक्षित वन्नुपरेको छ । ९० प्रतिशत जनताले अंगालेको संस्कृतिको जरो उखेल्नु राष्ट्रवाद हो त??

सन्दर्भ हो दशैको पुर्णिमाको विदा काट्ने राज्यले एकजना पाहुना महामहिम को विदाइको दिन (त्यस दिन कोजाग्रत पुर्णिमा परेको छ अघिल्ला वर्षहरुमा कोजाग्रत पुर्णिमामा सार्वजनिक विदा दिने गरिन्थ्यो।) सार्वजनिक विदा घोषणा गर्नु । दुनियामा मलाई थाहा भएसम्म विदाइको दिन सार्वजनिक विदा घोषणा गरिएको थाहा छैन ।

यहि असोज २५ गते विश्वमा आर्थिक महाशक्ति राष्ट्रको रुपमा उदाउदो राष्ट्रका राष्ट्रप्रमुख, सुधारिएको साम्यवाद (समाजवाद उन्मुख) कम्यूनिष्ट विचारका प्रवर्तक मानिएका चिनिया राष्ट्रपती सि जिनपिंङ आएको यस अवसरमा पाहुनालाई सकेसम्म आतिथ्यता प्रदान गर्ने नेपालीको सनातनी परम्परा नै हो र सकेसम्म भब्य स्वागत गर्नुपर्छ साथै दुइ दशक सम्म हुन नसकेको सिमाना जोडिएको भिमकाय भुगोल भिमकाय आर्थिक विकास मोडल प्रस्तुत गरेको राष्ट्रका उच्च तहका ब्यक्तिको भ्रमण वाट नेपालले सकेसम्म आफ्नो अनुकुल वातावरण वनाउन तथा देश र जनताको सर्वाेत्तम हितमा हुने सम्मका काम गर्न गराउन प्रयासरत हुनै पर्छ, तर यस अवसरमा प्रदान गरिएको विदा अलि हास्यास्पद वनेको देखिन्छ विदा दिएर सम्मान हुनेनै हो भने स्वागत गर्दाको दिन सार्वजनिक विदा दिनुपर्ने हो तर विदाइ गर्दाको दिनलाई सार्वजनिक विदा घोषणा गर्नुको तात्पर्य वुझ्न कठिन देखिन्छ ।

यसको पछाडि केही कारण हुन सक्छन् पहिलो कारण, महामहिम आउदाको दिन शनिवार परेको र त्यस दिन सार्वजनिक विदा हुने भएकोले त्यसलाई भोलिपल्ट सारिएको हुनसक्छ भने दोस्रो कारण, एउटै तिरले दुइवटा चरा खसाल्ने कुटिल चाल हुनसक्छ त्यो हो महामहिमको भ्रमणको आवरणमा आफ्नो कम्जोरी सुधार गरेर कोजाग्रतमा विदाको परम्परा पुर्नस्थापित गर्नु ।

अर्काे पक्ष तत्कालिन राजामहाराजाहरुकै शैलिमा हुकुप्रमाङ्गी चलाउने कुण्ठीत मनसाय पनि हुन सक्छ तोकिएका विदाहरुलाई हटाएर आ–आफ्ना विचार अनुसार हुकुम वक्स गरेर सञ्चालन गर्ने, संघिय सरकारले प्रदान गर्ने विदा वाहेक वढिमा ४ दिन थप विदा दिन सक्ने गरी प्रदेश मुख्यमन्त्रिलाई अधिकार प्रत्यायोजन गरेको यो ब्यवस्थाले वनिवनाउ संस्कृति र संरचना ढाल्दै हुकुमि शासनलाई प्रशय दिने देखिन्छ ।

स्थानिय तहमा संघिय कार्यालय तथा प्रदेश स्तरीय कार्यालयहरु समेत रहेकोले प्रदेशले दिने त्यो ४ दिने विदाको कुनै उपादेयता देखिदैन, प्रदेशले दिएको विदामा अदालत, मालपोत, नापी, वित्तिय कार्यालयहरु खुल्ने कि नखुल्ने ? त्यसैगरी स्थानिय तहले दिएको विदामा त्यस स्थानिय तहको भुगोलमा रहेका प्रदेश तथा संघिय माताहतका कार्यालयहरु खुल्ने कि नखुल्ने ? एउटै स्थानिय तहमा कार्यक्षेत्र रहेका कर्मचारी स्थानिय देखि संघिय तहका छन्

उनिहरुले विदाको उपयोग कसरी गर्ने जस्ता प्रश्नहरु अनुत्तरितनै रहेका छन भने तोकिए वाहेकका कतिवटा सम्म विदा संघिय सरकारले घोषणा गर्नपाउने ? नाम मात्रै फेरिएको हो कि साँचो रुपमा गणतन्त्र आएको हो हिजो राजाहरुको नाम जप्नुपर्ने अवस्थावाट आज रुप फेरीएका राजा (राष्ट्रपती) वा शासकहरुकै गुणगान गाउनुपर्ने उनिहरुकै जन्मदिनमा छुट्टि दिनुपर्ने, सवारी चलाउदा विदाको नाममा उनिहरुको भक्त वनिदिनुपर्ने हो भने जनताले कहिले मुक्ति पाउने ? कुनै ब्यक्ति विशेष, विचार विशेष नवनीकन आम जनता विशेष वनेर सोचौकी ?
लेखक गैसस महासंघ म्याग्दीका अध्यक्ष हुन् ।