स्वास्थ्यका लागि रक्सीको कुनै सुरक्षित मात्रा  हुने कुरालाई वैज्ञानिकहरूले खारेज गरेका छन् । मानिसहरूले ‘म त कहिलेकाहीँ पिउने हो, केही हुँदैन’ भने पनि अध्ययनले देखाएअनुसार रक्सीको एक पेग पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । कुन १९५ देशमा रक्सी सेवनका बारेमा गरिएको उक्त अध्ययनले वर्षमा २८ लाख मानिसको मृत्यु रक्सी सेवनका कारण हुने देखाएको छ ।

वाशिङटन सिएटलस्थित इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभोल्युसनका अनुसन्धानकर्ता म्याक्स ग्रिसवोल्डले भने, ‘रक्सीको कुनै सुरक्षित मात्रा छैन ।’सीमित मात्रामा रक्सी पिउँदा स्वास्थ्यलाई लाभ हुन्छ भन्ने अध्ययनहरूलाई यसले पूरै खारेज गरिदिएको छ ।  मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययनको परिणाम बताउँदै ग्रिसवोल्डले भने, ‘रक्सी सेवनसँग जोडिएको स्वास्थ्य समस्या रक्सी पिएकै अनुपातमा बढ्दै जान्छ ।’अध्ययनअनुसार, दिनमा दुई पेग रक्सी पिउने मानिसमा रोगको खतरा ७ प्रतिशतसम्म बढ्छ ।
अनि दिनमा पाँच पेग रित्याउनेहरूलाई गम्भीर रोगको जोखिम ३७ प्रतिशतसम्म बढ्छ । सन् २०१६ मा भएका असामयिक मृत्यु तथा अन्य रोगका कारण हुने मृत्युको एक कारण रक्सी सेवन पनि थियो । अध्ययनले के पायो भने रक्सीका कारण हरेक वर्ष २ प्रतिशत महिला र ६.८ प्रतिशत पुरुषको मृत्यु हुने गरेको छ । त्यसो त मृत्युका लागि अनेकौं कारण हुन सक्छन् जसमा उच्च रक्तचाप, धूम्रपान, जन्मिँदा कम तौल, समयअगावै जन्म, मोटोपन, उच्च चिनीको मात्रा र प्रदूषण पनि पर्छन् ।तर रक्सी पिएर हुने मृत्युको संख्या सर्वोपरि छ ।

एजेन्सी

Leave a Reply