प्रसिद्ध प्राकृतिक चिकित्सालयको रुपमा परिचित बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डलाई स्नान गर्ने विरामीको भिड । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रमम निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ।

जमिन भित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी पोखरमा सङ्कलन गर्ने गरिन्छ । गन्ध आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने बताएपनि गर्मी मौसममा सरुवा रोगक फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी माक्स र आवश्यक सतर्कता अपनाउने गरिएको छ। कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका विरामी पुग्ने गरेका छन् । तस्वीर सौजन्य अनुप बानियाँ

Leave a Reply