गत शुक्रबारदेखि अन्धकार उत्तरी म्याग्दीमा सोमबार मर्मतभएसँगै विद्युत सुचारु भएको छ । रघुगंगा गाउँपालिका–१ बेगखोला नजिकै कालिगण्डकी आसपासका क्षेत्रमा देखिएको समस्या मर्मत नहुदाँ उत्तरी क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य थिए ।

विद्युतको पोलमा देखिएको समस्यालाई समाधान गर्न कालिगण्डकीबाटै पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाई भएमा सोमबार मर्मत गरिएको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तिर्थनाथ शर्माले बताउनुभयो । विद्युत नहुदाँ अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थती गरिरमा विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका बृद्धबृद्धाले सास्ती खेप्नु परेको थियो ।लाइनमा बसेका बृद्धबृद्धालाई विद्युत नहुदाँ सिस्टमले काम नगरेपछि समस्यामा परेका थिए ।

दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले पटकपटक विद्युत अवरुद्ध हुने समस्याले उत्तरी क्षेत्रमा समस्या हुने गरेको बताउनुभयो । उहाँले समस्या देखिएको करिव चारपाँचदिनपछि मात्रै मर्मत हुने गर्ने गरेको बताउनुभयो । विद्युत नहुदाँ मोवाईल चार्ज समेत गर्न नसकिने अवस्थामा पर्यटकलाई समस्या भएको उहाँले बताउनुभयो । त्यस्तै सरकारी तथा निजि संघसंस्था, साना उद्योग, होटलमा समेत लाइन हुदाँ समस्या भएको छ । यस क्षेत्रमा विगतमा पनि पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो ।

Leave a Reply