‘बेनीको बजार,जता मायाँ उतै छ नजर
किरेमिरे जाले रुमाल…’
२०१८ सालमा टीकाबहादुर श्रेष्ठले रचना गरेर टीकाबहादुर श्रेष्ठ र मना छन्त्यालको स्वरमा रेडियो नेपालमा रेकर्ड भई लोकप्रिय बनेको माथिको गीतमा भनिएजस्तै बेनीबजार मायाँ र आत्मियता, हार्दिकता र सौहार्दता भएकाहरुको संगम स्थल पनि हो। जिल्लाका विभिन्न भेगबाट आएर वसोबास गरेका,विभिन्न जातजातीहरुको बसोबास रहेको, विविधतामा अनौठो एकता भेटिने जातीय सहिष्णुताको अनुपम उदाहरण पनि हो बेनीबजार।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजारको ऐतिहाँसिक र व्यापारिक महत्व वाइसे÷चौविसे राज्यको इतिहाँससंग जोडिएको छ। प्राचिन समयमा भोट-मधेशको व्यापारिक नाका रहेको यो सानो तर सुन्दर बजार कालीगण्डकी करिडोरको निर्माणसंगै फेरी एकपटक उत्तर दक्षिणको व्यापारिक नाकाको प्रवेशद्धारको रुपमा समेत चिनिन्छ ।म्याग्दी हुदै मुस्ताङ, बागलुङ र रुकुम जिल्लाको पश्चिम क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटक, त्यस क्षेत्रका बासिन्दालाई स्वागत गर्ने बेनीबजारका तस्विरहरू ।

तस्वीर सौजन्य फेसबुकको Fox face पेजबाट र तस्विरको सर्वाधिकार समेत सुरक्षित छ।

Leave a Reply