बेनी नगरपालिका वडा नं ७ ले वडाका जेष्ठ नागरिकलाई बागलुङमा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तब्य विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन भ्रमण गराएको छ । धार्मिक तथा सामाजिक कार्यमा सक्रिय जेष्ठ नागरिकलाई वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफ्नो पारिश्रमिकबाट ६० जना जेष्ठ नागरिक सहित ७२ जनालाई भ्रमण गराएका थिए ।

वडाभित्रका धार्मिक संघसंस्थामा अगुवा सहितको भ्रमण टोलीमा सहभागि जेष्ठ नागरिकले आफ्नो पञ्चकोट घुम्ने चाहना पुरा भएको बताएका थिए । ‘घुम्ने चाहना थियो, अनुकुल मिलेको थिएन्, सबै एकैपटक पुग्दा आनन्द भयो’ जेष्ठ नागरिक एवम् अगुवा नैनकुमार श्रेष्ठले भने । उनका अनुसार धार्मिक गतिविधिका रुची राख्ने बृद्धबृद्धालाई भविस्यमा पनि अन्य तिर्थस्थलमा घुम्ने वातावरण बनाउन सकेमा सहज हुने बताए।

पञ्चकोटमा निर्माणधिन अवस्थाका पूर्वाधार सहित त्यहाँको धार्मिक महत्वका बारेमा समेत जानकारी गराइएको थियो । सधै घरमा बसिरहदां अनेक तनाव झेल्नुपर्ने अवस्थामा छलफल, सामाजिक कार्य तथा भ्रमणमा रुची राख्ने जेष्ठ नागरिकलाई लक्षित गरी भ्रमणको ब्यवस्था मिलाएको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

‘उहाँहरुको सम्मानमा हामीले धेरै कार्यक्रम बनाएका छौ,‘वडाबाट पनि कार्यक्रममा प्राथमिकता दिन्छौ’ श्रेष्ठले भने ।उनका अनुसार जेष्ठ नागरिक दिवसमा सम्मान, स्वास्थ्य उपचार सहित विभिन्न कार्यक्रम गर्ने गरेको बताए ।उनले विकास निर्माणका गतिविधि बाहेक सामाजिक तथा धार्मिक क्रियाकलापमा समेत प्राथमिकता दिने बताए । एक ठाउँ बाट अरु ठाउँ हिडढुल गर्न नसक्ने अवस्थामा रहेका जेष्ठ सदस्यहरुलाई बेनी नगरपालिकाले वडा नं ८ मा दिवा सेवा आश्रम समेत सञ्चालनको तयारी भइरहेको छ ।

Leave a Reply