बेनी नगरपालिका– १० पात्लेखेतका खड्क देव रकाल उमेरले अहिले ९२ बर्षका पुगे उनी लठ्ठीको साहारा बिना हिड्न सक्दैन । डाड दुख्ने, स्वासप्रस्वासको समस्याले ८९ बर्षका पन्त्र बहादुर मल्ल २ मिनेट उभिन समेत हम्मे हम्मे हुन्छ । यी दई जना रकाल र मल्ल मात्र होईन बेनी नगरपालिका १० धेरै जनाकोे अवस्था उस्तै उस्तै छ । उनीहरुले पाउने सामाजिक सुरक्षा भत्ता गाउँमा नै पाउदा दंग छन् । उनीहरु भन्छन्, गाउँमा नै बजारको सुविद्या पाउदा दंग परेका छौ । यो ढुब्न लागको घाम जस्तै भएको बेलामा घरमा नै भत्ता पाउदा खुशी लागेको छ।

गाउँमा नै सामाजिक सुरक्षा पाउदा आफलाई खुशी लागेको ९२ बर्षीय रकालले बताए । उनका अनुसार घरमा नै भत्ता पाएकाले आफुको बेनी आउने जाने गरि २ हजार भन्दा बढी भाडा समेत बचत भएको छ । लठ्ठीको साहारमा हिड्नुपर्छ गाउँ देखी बेनी बजार सम्म जान निकै गाह्रो हुने गरेको थियो बैंकले घरमा नै सामाजिक सुरक्षा भत्ता आफु दंग परेको ८९ बर्षका मल्लको भनाई छ ।

दशै त जनतन सकियो अब तिहार आउन लागेको छ । कसरी यो चार्ड कसरी मनाउने होला भनेर चिन्ता लागेको थियो । बैंकले गाउँमा नै आएर भत्ता दियो अब यसले तिहारको लागी आवश्यक सामाग्री किनेर लैजान्छु ७३ बर्षीय थिर बहादुर पाईजाले भने । छोरा छोरीको समेत बोझ हुने भनेलामा सामाजिक सुरक्षा भत्ताले बाँच्च केही सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका– १० पात्लेखेतमा वडा कार्यालयबाट पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता गाउँमा नै पुगेर वितरण गरिएको छ ।

सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिका र ग्रीन डेभलमेन्ट बैंक बेनी शाखा म्याग्दीबीच आपसी सम्झौता गरी बैंकमार्फत वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिएको हो । पात्लेखेतका ज्येष्ठनागरिक, दलित ज्येष्ठनागरिक, एकल महिला, विधुवा, अपाङ्गता भएका व्यक्ति र बालबालिकासहित कुल २ सय ४० जनालाई १९ लाखरुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको ग्रीन बैंक बेनी शाखाले जनाएको छ । उनीहरुलाई बेनी नगरपालिका–१० का कार्यबाहक वडा अध्यक्ष लोक बहादुर पुन, बैंकका शाखा प्रबन्धक दिपेन्द्र शर्मासतिको टोलीले भत्ता वितरण गरेको थियो । पत्रकार राकेश शर्माको सहयोगमा

Leave a Reply