हिन्दुहरुको महान चाड तिहार नजिकिएको छ। देउसी भैलो, बत्ती अनि भाईटिका मुख्य आकर्षण रहेको यो चाड बिशेष लिएर विभिन्न गीतसंगीत सार्वजनिक हुने गरेका छन्। यहि बिशेस पारेर मनोज थापा मगर र अश्मिता अधिकारीको स्वरमा रहेको ‘बज्यो मादल’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा मनोजको नै शब्द र संगीत रहेको छ। गीतको भिडियो निकै आकर्षक बनाईएको छ। भिडियोमा टिपिकल नेपाली पन प्रस्तुत गर्न खोजिएको छ। अनिल कटुवालले खिचेको भिडियोलाई अरुण कटुवालले सम्पादन गरेका छन्। भिडियोमा प्रताप दास, उल्सन श्रेष्ठ, सन्ध्या जोसी, मनोज, अस्मिता लगायत फिचर्ड रहेका छन्।

Leave a Reply