---Advertisement---

सेलरोटी र गुलिया मिठाईबाट स्वास्थ्य जोगाउने उपाय

By -
On: October 28, 2019 10:24 AM
Follow Us:

तिहार भन्नेबित्तिकै सेलरोटी या मिठाई। एकैसाथ धेरै चिल्लो र गुलियो खानुपर्ने हुन सक्छ। तर ध्यान पुर्‍याउन सकिएन भने यसले दीर्घकालीन समस्या पनि ल्याउन सक्छ।

चिल्लो र गुलियोबाट स्वास्थ्य जोगाउने उपाय

१. तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ। चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ। रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ। तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला।

२. तेलमा पकाएका खानेकुरा गरिष्ठ हुने भएकोले पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुन्छ।

३. सबैभन्दा हानिकारक एनिमल फ्याट अर्थात् घ्यू र बोसो हुन्छ तसर्थ सकभर तेलमा सेलरोटी पकाउनुहोला। मासु सकभर कुखुरा वा ताजा माछा खानुहोला।

४. खानेतेलको गुणस्तर राम्रो नभएमा त्यसमा रहेका रसायनले दीर्घकालीन असर गर्छ। तसर्थ सकभर शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ। सेलरोटी खाँदा फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुहोला।

५. चियामा हट लेमन सबैभन्दा उपयुक्त हुन्छ यसले चिल्लोलाई काट्न सहयोग गर्छ।

६. खाली पेटमा सेलरोटी खाँदा अम्लपित्त अर्थात् एसिडिटी बढ्ने भएकोले केही सादा खाना खाएर मात्र सेलरोटी खानुहोला।

७. पसिना आउन्जेल व्यायाम गर्नुहोला वा दैनिक एक घन्टा हिँड्नुहोला।

८. मधुमेह, उच्च रक्तचाप, एसिडिटी आदि भएको व्यक्तिले एकदम थोरै सेलरोटी खानुहोला।

९. तिहारमा तास खेल्ने परम्परा समेत भएकोले निद्रा पूरा नहुने, शरीरमा पानीको कम हुने, मानसिक तनाव हुने एवं व्यायाम नहुने भएकोले खेल्नैपरेमा समयमा खाना, पानी, निद्रा, व्यायाम आदिको समेत आफ्नो दैनिकीमा जोड्नुहोला। Source: News24nepal.tv

-