तिलु शर्मा पौडेल/मलाई धार्मिक कुरामा बहस गर्न मन पर्दैन किनकी धर्म स्वच्छिक हुनु पर्दछ भन्ने मान्यता राख्दछु । फलानो धर्म मान्नेको कोखबाटजन्मेको सन्तान त्यहि धर्मको हुन पर्दछ भनेर कुनै भगवान ईश्वर भगवान या अल्लाह जिसस क्राईष्टले भनेको मेरो जानकारीमा छैन ।

अभिभावक जुन धर्ममा आस्था राख्दछन सन्तान सोहि धर्मकै हुनै पर्दछ भनेर कहि लेखेको छ भने त्यो हाम्रो अभिभावकको मगज, संस्कारर रितीको नितिमा हो । सन्तानलाई संस्कारी बनाउने लालचले यहा‘ धर्म जवरजस्ति लादिदै आईएको छ । तलाई जे धर्म संस्कार ठिकलाग्छ त्यहि गर भन्ने हिम्मत गरेका कुनै अभिभाबकसंग मैले साक्षात्कार गर्न पाएको छैन । अहिले हिन्दु धर्मका मुख्य चाडवाडहरुको रौनकमा छौ ।

सबैका घरमा हैसियत अनुसार मिष्ठान्न परीकारले वास्ना छरीरहेका छन । तिनै बास्नादार मिष्ठान्नमा पर्ने मुख्य आहार हो मासु। मासु मानव बाहेक सबै पशु र चराचुरुङगीको हुने गर्दछ । चराचुरुङगिको मासु गर्वले लुछ्नेहरुले यो बेला बिशेष त रागो र पाठोको मासु र तिनैको वलि प्रथाको बिषयलाई लिएर सामाजिक सन्जालमा एक किसिमकोबहसको सुरुवात गरेका छन । कुरा आफ्नै गाँउको गरौ ।

म्याग्दी राखु भगवतिमा अवस्थित देवि भगवति मन्दिरमा हरेक बिजयादशमिको नवमिको दिन रा‘गो,पाठो, परेवाको वलि दिईने गरीन्छ । राखुमा भगवतिमा मात्र हैन पिप्ले र मौवाफाँटमा पनी वलि दिईने गरीन्छ । हिन्दु धर्ममा आस्था राख्नेलेबिश्वभरी नै नवमिमा बलि दिने गरेको कुरामा दुमत छैन । प्रसंगमा आँउ, राखु भगवतिमा काटिएको सरकारी रा‘गोको बिषयमा निकै चासोदिईएको पाईयो ।आफ्ना मनोका‘क्षा पुरा हुने अभिलाषाले पुजा समितिले तोकेको मुल्यमाथि बढिबढाउ गरी नतिजा आफ्नो पक्षमा पारेररा‘गो काट्ने गरीन्छ ।

त्यसकै निरन्तरता हो यो साल पनी खास नया‘ नै के हुन्छ र निरन्तरतामा, तर यहाँ भयो र चासो पर्यो सबैलाई । चासो हुनु पनि स्वभाविक हो किनकी कसैले नपत्याउने गरी रा‘गो काटनकै लागि मुल्यले अनुमानको धुरी नै काट्यो “२ लाख ८८ हजार“ ।नवमिका दिनमा बिशेष गरी पन्चवलि र शास्त्रिय पुजा गरीन्छ । पन्चवलि अन्तर्गत बिशेष आकर्षण क्रोधको प्रतिकको रुपमा लिईनेरा‘गोको रहने गरेको छ ।

पन्चवलिमा क्रोधको प्रतिक रा‘गो, मोहमायाको प्रतिक परेवा, कामवास्नाको प्रतिक बोका, ईश्र्याको प्रतिक हाँसर सास्वतिकको प्रतिकको रुपमा काँक्रा र फुर्से कुपिन्नाको वलि दिईने कुरा देवि भागवतमा बताईएको छ । र वलि दिन अर्थात छेदनकोलागि क्षेत्रि मात्र योग्य मानिने शास्त्रमा उल्लेख छ ।तर पछिल्लो समय शास्त्रिय कुराहरुमा जनविश्वास गुम्दै आकाक्षा‘हरु बढेका छन ।अहिले आफ्नो मन मर्जिले मन्दिर स्थापना गरेर बलि दिने गरिएको छ तर मन्दिर स्थापना सहि भए पनी बलि दिनु गलत हो ।

कोत ति हुनजुन वाईसे चौविसे राजाहरुले स्थापना गरे । र आफ्ना सेनाहरुको मनोवल बढाउन वलि दिए। ५–७ सय वर्षअघि रुईसेमा रहेको २२ से २४ से राज्यकालमा तत्कालिन राजाले स्थापना गरेको यस कोटमन्दीर रघुगंगा गाउँपालिकाको(साविकका चिमखोला, दर्मिजा, दग्नाम, मौवाफाँट, पिप्ले, भगवती, वेग र दोवा गाविस) साझा मन्दीरको रुपमा रहेको छ । सोही कालदेखि नै भगवति माताको वाहान सिंहलाई रागोको बलि दिने गरीएको अभिलेख छ ।

यति मात्र हैन ‘धजाअक्षेता’ शिर्षकमा गुठी संस्थानलेमालपोत कार्यालय मार्फत हरेक वर्षको दशैंमा खर्च पठाउने एक मात्र कोत मन्दिर पनी यहि हो । “धेरैले यो कुरा पनी बुझेका छैनन कि देवि भगवति माताले रागोको बलि लिदिनन । हामीले दिईने बलि माताको वाहान सिहंलाई हो ।अझै सरल भाषामा बुझ्नु पर्दा जस्को कुलमा वलि चढदैन त्यस्ले वलिको छेदन गर्नु पनी हुदैन र गर्न पनी मिल्दैन गरेमा त्यो सिद्द पनी हुदैन। आजसम्मको ईतिहास सम्झिदा यसरी बढिबढाउमा जितेर रागोको छेदन गरी सकेपछी मनोका‘क्षा पुरा भएका छन ।

यदि छेदन भएन भनेपनी मनोकांक्षा पुरा हुने नहुने निजको निजि मामिला रहन्छ । भने आफुले बोलेको रकमको १०५ रकमको साफा पुजा समितिलेलगाईदिने गरेको छ । तर यति मंहगो किन भन्ने सवालमा चै मनोकाँक्षीहरु बढि हुनु नै प्रमुख कारण हो । तर कुरा यहा‘ अभिलाषा, संस्कारसंस्कृतिमा रहेन बलि प्रथाको अन्त्यको लागि पनी बहस सुरु भएका छन तर बुझ्नु पर्ने कुरा के भने कसैको रागो काट्ने चाहाना निजि हुनेगर्दछ ।

वली दिन्छन र वाहानले बलि लिन्छन भन्ने बिस्वास र संस्कार भित्र पर्ने भएकोले यस्को निर्मुल तत्काल देखिन्न । राँगो काट्ने म पैसा मेरा चाहाना मेरो पुरा हुदै छ भने नकाट भन्ने म को र त को हो यि यस्ता प्रस्न पनी सुनिए । अर्को कुरा मन्दिरमाचढाएको हरेक बस्तु पवित्र हुन्चन भने वलि दिईएर पवित्र बनेको रागोको मासु पनि प्रशाद हो । प्रशादको रुपमा सबैले ग्रहण नगर्लान तरमासु त बन्यो नी । मासु मानव जातिको आहार भित्र पर्दछ ।

कि त विश्वबाट पशु हत्या नै निर्मुल पारेर मासुलाई आहार भित्रबाट हटाउनसक्न पर्यो नत्र भने मासु खानेले काटन हुने र मनोकाक्षा‘ पुरा गर्न वलि दिन हुन्न भन्ने कुरामा बहस हुन सक्दैन । यो धर्तिमा भएका सजिव प्राणिको बाच्न पाउने अधिकार खोज्ने नै हो भने बलि दिईने हरेक प्राणिको मात्र हैन मासुका लागि प्रयोग हुनेहरेक प्राणिले बाच्न पाउनु पर्दछ भन्ने तर्फ बहस गरौ । मासु लुछेर वलिको बिरोध गर्दा नैतिकताले पोल्न पर्दछ । अरे फुल चुढेर देउतापुज्नेले पुन्य गरेको देख्ने नजरले त्यो फुलको हत्या भएको छ भनेर कहिले बुझ्ने ? फुलको पनी बाच्न फक्रन र फुल्न पाउने अधिकार छैन र? त्यो खोस्ने मानव म को हो र ? हरेक मानव जातिको एक न एक धार्मिक आस्था छ ।

घर्म भनेको पाप नगर्नु मात्र हैन अरुलाई सम्मान गर्नु पनी हो भनेर सबै धर्मले भन्दछतर केहि धर्मले प्रत्यक्ष वलि नमाग्ला तर रिति संस्कार र सस्कृति अनुसार वली दिईन्छ लिईन्छ भने त्यो पाप र हत्या कसरी भो ? पाप नहुनेहो भने हत्या हिसा‘ पाप हुन भनेर तिनै धार्मिक ग्रन्थहरुमा किन कोरीए ? एकातिर धार्मिक बिस्वास गर्दा हत्या गर्नु पर्दछ अर्को तिर त्यहिबिश्वासले पाप गरेको सिद्द गर्न खोजेको छ । अरे वलि नदिदा‘ भगवानका वाहान दुखि होलान भन्ने डर हामिमा भरीदिने को हो ? वलि नदिदा‘ मनोकांक्षा र भगवानका वाहान रिसाउने डरएकातिर र पुरा नहोला भन्ने डर , वलि दिदा पशु हत्याको आरोप खेप्नु पर्ने ? आखिर के मा छ समस्या ? कतै
लेखेक मोना कतारका अध्यक्ष हुन् ।