---Advertisement---

गुर्जा समाजको देउसीभैलोबाट २ लाखभन्दा बढी आर्थिक संकलन

On: October 30, 2019 2:12 PM
Follow Us:

गुर्जा समाज काठमाण्डौको देउसीभैलोबाट २ लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ । काठमाण्डौमा रहेको गूर्जाबासीको ३१ घरधुरीमा सञ्चालन गरिएको देउसीभैलोमा २ लाख २९ हजार संकलन गरिएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जाबाट काठमाण्डौमा बसोबास गर्ने गूर्जाबासीको सञ्जाल समाजमार्फत सामाजिक तथा मानवीय सहयोगमा खर्च गर्ने गरी देउसीभैलो खेलिएको थियो ।

गूर्जाबाट काठमाण्डौ तथा विदेशमा रहेका गूर्जाबासी बीचको सम्पर्क तथा सहकार्यका साथै विभिन्न समस्यामा परेका गूर्जाबासी बीच सहकार्य र एकताको उदेश्यले स्थापना गरिएको समाजमार्फत खेलिएको देउसीभैलो कार्यक्रममा बोल्दै एनआरएन अमेरिकाको वोर्डअफ डाइरेक्टर तथा म्याग्दी मोनाको उपाध्यक्षमा म्याग्दी समाज अमेरिकाका पुर्व अध्यक्ष अम्मर छन्त्यालले सानो भएपनि विश्वका लागि नौलो हुनसक्ने गूर्जाको हितमा आफ्नो सधै साथ रहेको बताए ।

‘संस्थागत गतिविधिलाई समुदायसँग जोड्ने प्रयास गर्नुपर्छ,‘गाउँ पर्यटन र प्राकृतिक सौन्दर्यताका खानी हो’ छन्त्यालले भने । सोही अवसरमा समाजले समाजसेवी छन्त्याललाई सम्मान समेत गरेको थियो । देउसीभैलो कार्यक्रममा छन्त्यालले २५ हजार सहयोग गदै. नेपाल बसाईमा बाल्यकाल विताएको गूर्जाको माथिल्लो क्षेत्रसम्म पुगेर आउँदा आनन्द भएको बताए ।

समाजका अगुवा मेजरमान छन्त्यालले संचालन गरेको कार्यक्रममा समाजकी अध्यक्ष रुपना छन्त्यालले समाजमार्फत गरिएका कार्यहरुले गूर्जाबासीको एकतालाई थप बलियो बनाएको बताईन् । उनका अनुसार देउसीभैलोमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेलाई धन्यवाद दिदैं आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरिएको बताईन् । गूर्जा समाजमार्फत विभिन्न सामाजिक तथाम मानवीय सहयोग गर्ने गरिन्छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।