अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

विपन्नको उपचारमा २ लाख सहयोग

By -
On: October 31, 2019 12:50 PM
Follow Us:

यहाँका एक यूवाले विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई २ लाख सहयोग गरेका छन् । बेनी नगरपालिका वडा नं ६ छाप स्थायी घर भई हाल यूकेमा ब्यवसाय गर्ने किसान जिसीले म्याग्दी जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा सहज बनाउन बिहिबार एक कार्यक्रमका बीच २ लाख सहयोगको घोषणा गरेका हुन् । कोषको सचिवालयमा आयोजित कार्यक्रममा जिसीले कोषको सरक्षक सदस्यता लिदै विपन्नको उपचारमा सहज हुने अपेक्षा गरे ।

‘म सँग प्रसस्तै पैसा भएर होईन्,‘आर्थिक अभावले कसैले पनि मृत्युलाई रोज्नुपर्ने बाध्यताको अन्त्य गर्न सघाउने प्रयास मात्रै गरेको छु’ जिसीले भने । यूकेमा ब्यवसायसँगै नेपाली संघसंस्थामा समेत आवद्ध रहेका जिसीले ओमकुमारी पुन बचाउन अभियानमा समेत ब्यक्तिगत सहयोग तथा अभियानका संलग्न थिए। उनले कोषमार्फत गरेका हरेक अभियानका बारेमा जानकारी भएको बताउँदै पवित्र संस्थामार्फत गरिने हरेक अभियानको असर दिर्घकालिन हुने बताए ।

जिसीले आफ्नो गास काटेर समेत सामाजिक तथा मानविय सेवामा सक्रिय हुने बताए । सोही अवसरमा कोषका अध्यक्ष राजेश शाक्यले २ करोडकोे अक्षय कोष स्थापना गरी त्यसबाट नियमित सहयोग गर्न सहज हुने बताए । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।

 

-