पुख्यौली नाचको संरक्षण तथा सामाजिक कार्य गर्न अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा खेलिएको देउसीभैलोबाट १ लाख ५० हजार आर्थिक संकलन भएको छ । लेकबेसी पुख्यौंली समुह र अन्नपूर्ण यूवा क्लवको संयुक्त आयोजनामा सञ्चालन गरिएको देउसीभैलोमार्फत उक्त आर्थिक संकलन भएको क्लवका अध्यक्ष श्याम पूर्जाले बताए । उनका अनुसार लेक टोल, बेशी टोल, छेम्दी टोल लगाएतका स्थानमा पुख्यौली नृत्य सहित देउसीभैलो खेलिएको थियो ।

पुख्यौली समुहका अध्यक्ष लोकबहादुर फगामीले गाउँको विकासका साथै नाचको संरक्षणमा उक्त रकम खर्च गरिने बताए । उनका अनुसार मौलिक कला, भाषा र भेषभूषा संरक्षणमा स्थानीयको निरन्तर सक्रिय रहेको बताए । देउसीभैलोमा वडा अध्यक्ष चन्द्रबहादुर फगामी लगाएत वडा सदस्यहरूको उपस्थिती रहेको थियो । पुख्यौली र यूवा क्लवले सामाजिक, मानवीय, विकास निर्माण लगाएतका क्षेत्रहरुमा बर्षेनी सहयोग गदैं आइरहेको छ ।

Leave a Reply