पश्चिम म्याग्दीको मालिका गाउँपालिका– २ रुममा भएको दुर्घटनमा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । दरबाङ बजारबाट रुम गाँउतर्फ जादै गरेको ध १ ज ५९५ नम्बरको जीपमा सवार रुमको बिलबाङ गाउँ नजिक दुर्घटना हुदाँ अन्दाजी ४५ बर्षिया चन्द्रबहादुर पुन र सक बहादुर विकको घटनास्थलमै मृत्यु भएको छ।       जिप पल्टिदाँ उछिट्टिएर भीरबाख खस्दा पुन र विकको घटनास्थलमै मृत्यु भएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका अध्यक्ष सन्तनाथ सुदेदीले बताए ।

उनका अनुसार घटनास्थलमा दुईजना भीरमा अढ्किएर ज्यान जोगिएको सुबेदीको भनाई छ ।  जीपभित्र सवार अन्य यात्रुको अवस्था सुरक्षित छ । जीपभित्र सवार १५ जना यात्रु सुरक्षित छन् । समान्य घाईतेलाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा पठाएएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरीको टोली तथा बेनीबाट प्रहरीको एलआरपी र शसस्त्र प्रहरी समेत घटनास्थलतर्फ गएको प्रहरी निरिक्षक धुर्बप्रसाद शर्माले बेनीअनलाइनलाई जानकारी दिए।

Leave a Reply