अमर बानियाँ/ संसारमा मानिसलाई एक जनाले मात्र चिन्न सक्छ जो त्यो आफै हो । त्यो उ आँफै मात्र हो । आफूले आफै बाहेक अरु कसैले पनि चिन्न सक्दैन । नेपालको गण्डकी प्रदेशका ११ जिल्लामध्ये म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गमा आमा पूर्णकुमारी पुर्जा, बाबा नन्दबहादुर पुर्जाका कान्छा छोराका रुपमा जन्मिएका तीन जना दाजु र १ दिदी छिन् ।

२ वर्षको हुँदा निर्मल लगायत परिवारलाई चितवनको रत्ननगरमा बसाइ सरेका निर्मल सन् २००३ मा ब्रिटिस आर्मीमा भर्ती भएका निर्मल २००९ मा एके स्पेशल फोर्समा सामेल पुर्जा ब्रिटिस नेपाली रेजिमेन्टको स्पेशलबाट सर्भिसमा पहिलो नेपाली सिपाही (गोर्खा) बने । सन् २०१२ बाटै आरोहण थालेका निर्मल ८ हजार मिटरमाथिका ४ हिमाल साथै चार महादेशका अग्ला हिमाल आरोहण गरेर अनुभव प्राप्त राष्ट्रप्रतिको भावना, अग्ला हिमचुचुरा चुम्न शौखिन हिमाली गिद्ध, निर्मलबाट म्याग्दीले फाइदा लिनुपर्छ कि ? निर्मल पुर्जाले पर्वतारोहणको इतिहासमा धेरै कृतिमान राख्न सफल भएका छन्।

१० घण्टा १५ मिनेटमा सगरमाथा लोत्से सवमीट गरे जुन हालसम्मकै नयाँ ऐँितहासिक रेकर्ड हो । ५ दिनमा ८ हजार मिटर माथिका मकालु, लोत्से, सगरमाथा आरोहण गर्न सफलता त्यही फेरी २७ दिनमा सगरमाथा दुईपटक आरोहण गरी रेकर्ड कायम गर्न हिमचितुवा निर्मलले पछिल्लो पटक ब्रिटिस सेनाको जागिर मासिक ६ लाख नेपाली रुपैयाँ तलब ५ वर्षपछि रिटायर्ड हुँदा ५ लाख पाण्ड उनको ब्रिटिस पेन्सन हुन्थ्यो । मानव जातिले आँट गरे के नहुँदोरहेछ ? भन्ने उदाहरण प्रस्तुत गर्न सफल निर्मल नेपाल र नेपालीको शिर उचो गराउने अभिप्रायले प्रोजेक्ट पोशिबल १४.७ को महत्वाकाकंक्षी योजना २०१९ मार्चबाट शुरु गरेका थिए ।

निर्मलको यस योजनामा झण्डै ११ करोड खर्च भएको आँकलन छ । केही आफ्नो घर बैंकमा बन्धकी राखे केही संसारभर निर्मललाई चिन्ने व्यक्ति संघसंस्थाबाट संकलित रकमबाट नै यो प्रोजेक्ट सफल पार्न सफल भए । हिमाल आरोहण गर्न आफैमा अति कठीन कार्य हो । त्यसमा अझ वेगवान हुँदै विश्व रेकर्ड कायम गर्न तयारी मात्रले पुग्दैन । मुख्य साहसको हो। त्यसमा पनि हिमालमा कठ्याङ्ग्रीएर मृत्यु पर्खिरहेका आरोहीलाई उद्धार गरी पिठ्यँुमा बोकेर आधार शिविर ल्याउनु झन् डरलाग्दो जोखिम मोल्नु हो ।

ब्रिटिस आर्मीमा एमवीई जस्तो महङ्गो अवार्डले विभुषित हुन सफल निर्मल जी २०० ई गोर्खा एस्पीडिनन्का १३ जना गोर्खाली सेनालाई सगरमाथाको चुचुरोमा पु¥याउन पनि उनै निर्मलको भूमिका रह्यो । १४औं हिमाल ८ हजार मिटर अग्लोमध्येको कान्छो हिमाल चिनको तिब्बतमा अवस्थित सीसापाङमा ८०२७ गत मंगलबार २९ अक्टोबर बिहान ८ बजेर ५८ मिटर (स्थानीय समयमा) आरोहण गरी आफैले बनाएको समयावधि ७ महिना भन्दा २३ दिन अगाडि नै १४ वटा ८ हजार माथिका अग्ला हिमचुचुरा सफलताका साथ सम्पन्न गरे ।

सर्वप्रथम आफू जन्मिएको दाना गाउँको शिरमाथि उठ्ने बित्तिकै देखिने अन्नपूर्ण ८०९१ बाट आरोहरण सुरु गरेका निर्मल पुर्जाले २३ अप्रिल २०१९ मा सफल आरोहण सम्पन्न गरेर उत्साहित पुर्जा पहिलोचोटि १९६० मे १३ मा अष्ट्रेलियन नागरिक कुर्ड डिम्वरकरले पहिलो पाईला टेकेका १ दिन अगाडि अर्थात् १२ मे २०१९ मा म्याग्दीमा अवस्थित विश्वको सातौं अग्लो धवलागिरीको शिरमा आफ्नो पाईला टेक्न सफलता प्राप्त गरे ।

म्याग्देली इतिहासमा पर्वरोहणमा ७८ वर्षमा सगरमाथा आरोहण गर्ने अन्नपूर्ण ४ दाना कै मिनबहादुर शेरचनलाई उनकै म्याग्दीकै सन्तानले म्याग्दीमा अवस्थित ८ हजार मिटर अग्ला मध्येको सातौं धवलागिरी र १०औं अग्लो हिमाल अन्नपूृर्ण प्रथम आरोहण गर्ने पहिलो व्यक्ति बन्न सफल भए । म्याग्दी जिल्ला प्राकृतिक रुपमा सुन्दर जिल्ला हो । राजधानी काठमाडौंबाट २८५ कि.मि. पश्चिममा सदरमुकाम छ ।

जिल्लामा ८ हजार मिटर अग्ला हिमाल धवलागिरी ८१६७ र ८०९१ मिटर अन्नपूर्ण देखि ६ हजार मिटर भन्दा अग्ला धवलागिरी हिमशृङ्खला, निलगिरी, चुरेन, गुर्जा, हिमचुली, सिता लगायत ५१ वटा चुचुरा सुन्दर दृश्यले भरपुर अग्ला पहाड, महरे, पुनहिल, खोप्रा, मालिका, टोड्के, सारपाङ, देउराली, जलजला, आसमान, निस्कोट, माझी, परती, बेलढुङ्गा जस्ता प्राकृतिक छटा हर्न यकिन दुरी म्याग्दी काली गण्डकी लगायत खोला, तातोपानी कुण्डहरु, चराचुरुङ्गी, वनजङ्गल, वन्यजन्तु बाघ, भालु, हिमचितुवा, कस्तुरी, मृग, नाउर, झारल, जस्ता वन्यजन्तु, डाँफे, मुनाल, फोक्राँम लगायत सुन्दर, दुर्लभ चराहरुको बासस्थान र ऐतिहासिक, धार्मिक स्थल, साँस्कृतिक, भेषभुषा, फरक समुदायका फरक चालचलन, भौगोलिक विविधता हुँदाहुँदै पनि म्याग्दी लोक पर्यटकीय व्यवसायिकतासँग जोडन सकिएको स्थिति होइन ।

म्याग्दीको उत्तरी छिमेकी जिल्लाको भौगोलिक बनावट र हिन्दू, बौद्धमार्गीहरुको पवित्र धार्मिक स्थल मुक्तिनाथ र दामोदरकुण्ड दर्शन गर्न आउने धार्मिक पर्यटक बाहेक म्याग्दीलाई नै गन्तव्य बनाएर आउने पर्यटकको अवस्था न्युन छ । यहाँ आरोहणका लागि आउने विदेशी पर्यटक विशेष गरी धवलागिरी, अन्नपूर्ण, चुरेन, हिमाल आउने गरेका छन् ।
त्यसबाहेक अन्नपूर्ण पदमार्गमा पर्ने घोरेपानी, पुनहिलमा आउने पर्यटकका कारण गत वर्ष ७५००० विदेशी पर्यटक म्याग्दी भित्रिएको आँकलन छ । त्यसबाहेक राउण्ड धवलागिरी, तातोपानी कुण्ड अवलोकन, शैक्षिक पर्यटन पनि पछिल्ला समयमा बढ्दै गएको छ ।

पछिल्ला समयमा सडक सञ्जाल बढेका कारण धेरै पर्यटकहरुको ध्यान अन्यत्रै मोडिएको अवस्थामा म्याग्देली चेलो निर्मल जसले विश्वलाई नै चकित पार्ने गरी विश्व रेकर्ड कायम गर्न सफल युवा निर्मल पुर्जाको गाउँ, जन्मस्थान र माउन्टेन इगलको जन्मस्थलको हिमाल अन्नपूर्ण, धवलागिरी क्षेत्रलाई विश्वभरका पर्यटकको आकर्षण गराई जिल्लाभित्रबाटै आरोहीको संख्या थपी हिमाल आरोहीको जिल्ला, पथ प्रदर्शक बनी पर्यटकको गाइड गर्ने र यहाँको अर्गानिक तरकारी, फलफूल बिक्री गरी आयआर्जन गर्नु तथा राम्रो आतिथ्यतालाई आकर्षक सेवा दिई ग्रामीण पर्यटन, घरबास तथा होटेल विकास गरी म्याग्दीलाई नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२०–२०२२ लाई सफल पार्न माउन्टेन इगल निर्मल पुर्जाको संसारभर भाइरल भएको व्यक्तिलाई भरपुर उपयोग गरी म्याग्दी जिल्लाको अनन्त पर्यटन विकासमा कोषेढुङ्गा सावित गर्नुपर्दछ ।

म्याग्दी जिल्लाभित्र रहेका ८ हजार मिटर अग्ला दुई हिमाल र साना चुचुराको प्रचारप्रसारमा निर्मललाई प्रयोग गर्न सकिन्छ । निर्मलले आफ्नो जिल्लाको सफलताका बारेमा पक्कैपनि भविस्यमा केही योजना बनाउने निश्चित छ । म्याग्दी हिमालै हिमालको जिल्ला, पर्यटनको खानी भएकाले पनि जिल्लाको पर्यटनको विकासमा निर्मललाई साथमा लिन सकेमा विश्व समुदायमा समेत म्याग्दीलाई चिनाउन सजिलो हुन्छ । हामीले उफ्रिएर गरिएको प्रचार–प्रचार र निर्मलले हल्का गरेको प्रचारले विदेशी मात्रै होईन आन्तरिक पर्यटकलाई समेत आर्कषित गर्न सक्छ ।
लेखक धौलागिरी पर्यटन परिषद्का अध्यक्ष हुन् ।

Leave a Reply