कमलबहादुर पूर्जा/ हामीलाई नेपालबाट अद्भुत समाचार प्राप्त गदैं गर्दा यहाँ दिपावलीको तयारी भइरहेको थियो । ८ हजार मिटर अग्ला हिमालय पर्वतमा पुगेको भाई निर्मलले आफ्नो विश्व किर्तिमानीको उपचार दिपावलीसँगै परिवारलाई मात्रै नभई विश्वभर रहेका नेपालीलाई दिन सफल भएको छ । दिपावलीमा घर रंगाउँदा विश्वभरका सञ्चारमाध्यममा निर्मल रंंगिएको देखेर उत्साहित थिए। हाम्रो परिवारलाई अद्भुत शक्ती प्राप्त भाई निर्मलको सफलताले निकै उत्साहित बनाएको छ।

भाईले विश्वका अग्ला हिमालमा८ बर्षभन्दा कम केही दिनको अर्का पर्वतारोहीको किर्तिमानीलाई तोडेर ६ महिनामै सफलता प्राप्त गरेकाले यो अहिलेसम्मको पर्वतारोहीको इतिहासमा असम्भव जस्तै मानिन्छ । आरोहणको तयारीमा जुट्दा हामीले अन्तिम लक्ष्य प्राप्तीको दिनको प्रतिक्षामा थियौं । आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण हिमालबाट सुरू भएको अभियानले जिल्लाकै अर्को धौलागिरी हिमाललाई समेत सफलता मिलेसँगै भगवानको आर्सिवादले एकपछि अर्को सफलतामा प्राप्त भएका समाचारहरू आइरहेका थिए ।

नेपालका कमै मिडियाले हरेक आरोहणको समाचारलाई स्थान दिइरहेको अवस्थामा म्याग्दीकै लोकप्रिय तथा विश्वभर सर्वाधिक म्याग्देलीले हेर्ने बेनीअनलाइनमार्फत भाईका सफलताका समाचार हामीलाईभन्दा पहिलो नै विश्वभर फैलिने गरेको थियो । अग्ला हिमालमा लगातार आरोहण गर्ने सक्ने शक्ती भाईलाई प्राप्त भएको देखेर हामी अचम्मित थियौं । कुनैपनि अवरोधले भाई निर्मलको यात्रालाई रोक्न सकेनन् ।

अवरोधलाई थिचोल्दै यात्राको अन्तिम चरणमा पुग्दा परिवारमा खुसीयाली छाइरहेको थियो । मैले हरेक यात्रालाई सफल बनाउन भगवानसँग प्राथर्नासँगै आरोहणको सफलताका लागि हरेक घण्टा भगवानसँग पुकार गर्ने गर्दथे । सातसमुन्द्र पारी भएका हामीले जन्मभूमिका सबै हिमालको आरोहण गरेपछि चिन र पाकिस्तानमा पुगेको अवस्थामा तत्कालै सुचना प्राप्त गर्न समस्या भइरहेको थियो ।

कसैसँग प्रतिस्पर्धा नभई आफुँसंग प्रतिस्पर्धा गर्ने दौडमा रहेका भाईले घमण्डलाई कहिल्यै पनि स्वीकार गरेन् । उनको दिमाखमा घमण्डले स्थान पाउँनै सकेन् । पर्वतारोहणमा भाईले विज्ञता प्राप्त मात्रै गरेको छैन् । विश्वका साना र ठूला हिमालको आरोहणको क्रममा धेरै आरोहीको ज्यानलाई समेत जोगाएको छ ।सिकिस्त

अवस्थामा रहेका आरोहीको जीवन रक्षामा भगवानले भाईलाई त्यो ठाउँमा पठाएको जस्तौ महसुस भएको छ ।

मेरो बुबाआमा बिरामी हुदाँ समेत भाईको सफलतालाई आफ्नो रोगभन्दा धेरै चिन्ता थियो । डाक्टरको उपचारभन्दा भाईको अभियानको सफलता कामना गर्ने परिवारका सदस्यहरूले अवका दिनमा ढुक्क अवस्था भएको छ । हिमाल आरोहण अव पनि हुनसक्छ तर पहिलोको जस्तो रफ्तार अव हुदैन, अव हिमाल अरोहणमा जानेहरुलाई भाईले सुरक्षित यात्राको वातावरण बनाउने छ । भाईले आरोहणका लागि आफ्नो सम्पत्तीलाई बेवास्ता गरे, करोडौको पेन्सनले समेत आर्कषण गर्न सकेन् ।

उसको अभियानलाई सफल बनाउन हामीले ब्यक्तिगत कामलाई समेत कम प्राथमिकता दिने अवस्था भयो । हाम्रो बुबाले भारतीय सेनामा मेजरको बढुवालाई समेत छोडेर परिवारलार्ई समय दिनुभयो । परिवारको आवश्यकताभन्दा पैसालाई बुबाले कहिल्यै पनि ठूलो सम्झिनुभएन् । दानाबाट चितवनसम्म मेरो बुबाआमाले छोराछोरीको हितमै धेरै काम गर्ने योजना बनाउनुभयो । आफ्नो बुढेशकालमा गम्भीर रोगबाट ग्रसित हुदाँ समेत ठूला भएका छोराछोरीको सफलतालाई जटिल रोगसँगै लडेर भएपनि साथ दिनुभयो ।

गाउँमै शिक्षक पेशामा कार्यरत जीतबहादुर पुर्जा अवकाश लिएपछि सामाजिक कार्यमा ब्यस्त छन् । सबै भाई गोर्खामा आर्कषित हुदाँ जीतलाई शिक्षण पेशा नै मनप¥यो । हाम्रो परिवारकी एकमात्रै बहिनी अनिताले नर्सिङमा बिएसम्मको अध्यययनसँगै नेपाल सरकारबाट उच्चतम पुरस्कारबाट सम्मानित भईन् ।अहिले अस्टे«लियामा रहेकी बहिनी अनिताको सफलताले उत्साहित छु । मेरो परिवारमा बुबाआमाको सामाजिक तथा राजनीतिक यात्रामा सबै छोराछोरीले साथ दिएको अवस्था छ ।बुबा नन्दबहादुर र आमा पूर्णकुमारी पूर्जाको कोखबाट जन्मिएका हामीले ब्यक्तिगतभन्दा पनि समाजको फाईदाको लागि हेर्ने गरेका छौ ।

मेरो आमाको तत्कालिन योगदान पञ्चायतकालामा महिला सभापति, म्याग्दी जिल्ला सदस्य सहित धेरै पदमा बसेर सेवा गर्नुभएको छ । आमाको इतिहासलाई जोगाउन भाई निर्मलले आफ्नै क्षेत्रमा भएको हिमालबाट आरोहण सुरुवात गरेको पनि अर्को महत्वपूर्ण पाटो हो । भाईको सफलतामा परिवारको मात्रै हात छैन् । आरोहणमा आवश्यक पर्ने सहयोग संकलन, आरोहणको क्रममा नेपालमा आवश्यक वातावरण बनाउने प्रयाससँगै नेपाली सञ्चारमाध्यमले समेत आफ्नो देशको गौरको रुपमा ब्याख्या गरेर दिएको स्थानप्रति आभारी छु । बेनीअनलाइनका हरिकृष्ण गौतमसँगको कुराकानीको आधारमा

Leave a Reply