न्यु वेष्ट पोइन्ट आवासीय माघ्यामिक विद्यालयमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । ग्रीन वेष्ट पोइन्ट क्लिन वेष्ट पोइन्टलाइ निरन्तरता दिंदै यसलाई अझै प्रभावकारी बनाउन दुई दिने कार्यशाला संचालन गरिएको हो । कार्तिक २२ र २३ गते शुक्रबार र शनिबार गरि कार्यक्रम सम्पन्न भएको हो ।

पहिलो दिन वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले फोहोरलाई मोहोरमा रुपान्तारण गर्न यसलाई माया गर्नु पर्ने र फोहोर नै नगरे सफा गर्ने नपर्ने कुरा बताउनु भएको थियो । कार्यक्रमका प्रमुख प्रस्तोता श्रेष्ठले वेष्ट पोइन्टले वेष्ट पोइन्टले यसै अवधारणा अनुसार धेरै पहेलेदेखी नै भान्साबाट निस्कने फोहोर लगायतकुहिने फोहोरमार्फत बायोग्यास प्लान्ट संचालन गरिरहेको छ ।

त्यसैगरी २०७४ देखि विद्यालयलाई प्लास्टिक र चुइगममुक्त क्षेत्र घोषणा गरि त्यसलाई निरन्तरता दिईरहेको छ । हाल विद्यालयमा ८० प्रतिशत प्लास्टिक र चुइंगम मुक्त कार्यक्रमले सफलतापाएको छ । त्यसैगरी विद्यालयमा रहेका विभिन्न क्षेत्रमा वृक्षारोपण, फलफुल तरकारी, गमलामाफुल रोप्ने कार्य लगायतका कार्य भैरहेका छन् ।

बालविकास तहमा विद्यार्थीहरुले आफ्नो जन्मदिनको अवसरमा गमलामा फुल रोपेर विद्यालयमा उपाहार ल्याउने गरेका छन् । विद्यालयमा टुल बक्स स्टेसन समेत स्थापना गरिएको छ। गमलामा फुल मात्रै नभएर तरकारी समेत रोप्ने र विद्यालयबाट निस्कने फोहोरलाई उचित ब्यबस्थापन गर्न करेसाबारी निर्माण कुहिने फोहोरलाई प्रांगारिक मलबनाउने कार्यको थालनी समेत गरिएको छ ।

दोश्रो दिनकार्तिक २३ गते प्रयोगात्मक र स्थलगत अवलोकनको लागि म्याग्दीको बेनि नागरपालिका ४ मा संचालन भएको कृषि फारमको अवलोकन भ्रमण समेत गरिएको थियो कार्यक्रममा शिक्षक कर्मचारी, स्कुल क्याप्टेन, कक्षाका कक्षा क्याप्टेन र भाइस क्याप्टेन, संस्थापक निर्देशकहरु समेत अवालोकन भ्रमणमा सहभागीभएकाथिए,। कार्यक्रम विद्यालयका प्रिन्सिपल डिबी दाहालको सभापतित्व,भाइस प्रिन्सिपल सरोज लकान्दिरुको स्वागत र कृष्ण जिसीको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ।

Leave a Reply