त्तरमा पर्ने कालञ्जर पर्वतमा प्राचिनकालमा रहेको बिश्वास गरिने मृग सरोवरलाई पुर्नजीवन दिदै तालको रुपमा बिकास गर्ने योजना अघि सारिएको छ । पर्वतको जलजला र मोदी गाउँपालिकाको संगममा रहेको हम्पाल जलजला क्षेत्रमा ताल सहितको पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न नयाँ योजना अघि सारिएको हो ।

समुन्द्री सतहदेखि हम्पाल ३ हजार ३ सय मिटरको उचाईमा छ भने जलजला सिमसार क्षेत्र २ हजार ९ सय मिटरका उचाईा छ । पहाडको टाकुरामा समथर भुगोल र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । जलजला गाउँपालिकाको नाम यसैबाट नामाकरण भएको छ । हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ रामायण, स्कन्द पुराण, पुरुषोत्तम महात्म्य लगायतका ग्रन्थहरुमा मा कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको छ ।

भगवान शिब र पार्वतीको क्रिडास्थल रहेको कालञ्जर पर्वतमा मृगहरुले स्नान गर्ने, आफ्नो अनुहार आफै हेरेर रमाउने मनोरम र पबित्र ‘मृग सरोवर’ रहेको ग्रन्थमा उल्लेख छ । ५ दशक अघि सम्म त्यहाँ ताल रहेको कालञ्जर क्षेत्रको अध्ययन गर्दै आउनुभएका स्थानियबासी तथा शालिजा माबिका प्रधानाश्यापक कृष्णप्रसाद पराजुली बताउनुहुन्छ । पछिल्लो समयमा चारैतिरबाट आएको लेदोले भरिएपछि अहिले सिमसारको रुपमा रहेको छ । यसबाट निस्कने पानीको निकासमा बाँध बाँधेर ताललाई पुर्नजीवन दिन सकिने उहाँको भनाई छ । ‘प्राचिन कालमा ‘मृग सरोवरमा स्नान गरेमा सबैपापबाट मुक्त भइन्छ भन्ने बिश्वास थियो’ उहाँले भन्नुभयो ‘अब धार्मिक र नयाँ पर्यटकीय गन्तब्यको रुपमा यसलाई बिकास गरेर जानुपर्छ’

सामुन्द्रिक सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको यो क्षेत्रमा एक हजार दुई सय मिटरको ताल निर्माण, निलकण्ठेश्वर महादेवको मन्दिरको पुर्ननिर्माण, पदमार्ग, सडक, केवलकार, आकर्षक रिसोर्टहरु सञ्चालन गर्नेगरी यसैबर्ष डिपिआर बनाने भएको छ । भारतको उत्तराखण्ड राज्यमा पर्ने पर्यटकीय गन्तब्य नैनीताललाई बिर्साउने गरि जलजलालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु भएको नेपाल समाचारपत्र दैनिकमा दुर्गाप्रसाद शर्माले समाचार लेखेका छन ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधीसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल सहितको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत अवलोकन गर्दै प्राचिन ग्रन्थमा उल्लेख भएका ‘मृग सरोवर’लाई पुर्नजीवन दिदै धार्मिक र पर्यटकीय गन्तब्य बनाउन सकिने निष्कर्ष निकालिएको छ । जलजला क्षेत्र पूर्बाधार, प्रचारप्रसार र खोज अनुसन्धानको कमीका कारण ओझेलमा परेको छ । यसको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय र जैविक बिबिधतालाई समेत समेटेर बिषयमा बिस्तृत परियोजना प्रतिबेदन९डिपीआर० बनाउन अध्यक्ष तिमिल्सिनाले सुझाब दिनुभयो । ‘हम्पाल, जलजला, भमरकोट र पुनहिल तथा घोरेपानी समेतलाई समेटेर नयाँ पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘यसका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबै तयार छौ’

मुुक्तिनाथ जाने भारतीय पर्यटक र घोरेपानी तथा पुनहिल पुग्न बाह्य र आन्तरिक पर्यटकलाई जलजला सम्म ल्याउने सबै निकायबाट यथेष्ट पहल गर्ने प्रतिनिधीसभाका सदस्य पदम गिरीले प्रतिबद्धता जनाउनुभयो । गण्डकी प्रदेश सरकारले जलजला क्षेत्रको पर्यटन गुरुयोजना बनाउन सहयोग गर्ने मन्त्री बिकास लम्सालले प्रतिबद्धता जनाउनुभयो । ‘जलजला सिमसार क्षेत्रको भौर्गभिक अध्ययन गरि डिपीआर बनाउन प्रदेश सरकारले सहयोग गर्छ’ उहाँले भन्नुभयो ‘भारतको उत्तराखण्डको नैनीताललाई बिसाउने गरि मृग सरोवरलाई पुर्नजीवन दिन सकिन्छ’

पर्वतको सबैभन्दा उच्च स्थान जलजलाबाट हिमशृङखला, सुर्योदय, सुर्यास्त र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । धौलागिरी अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न सकिन्छ ।लालीगुराँसको जंगल रहेको जलजलामा पोखरी आकारको ठूलो फाँट रहेको छ । लालीगुराँस र हिमालको दृश्य तालमा पर्दा पर्यटक लोभिने बिश्वास जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको छ । ‘जलजला र हम्पाल क्षेत्रमा पुर्बाधार बिकास गरि पर्यटकीय गन्तब्य बनाउने योजना सफल हुने बिश्वास छ’ उहाँले भन्नुभयो ‘उच्चस्तरीय अवलोकन भ्रमणले हाम्रा योजना सफल बनाउन बल पुगेको छ’

हनुमानले यही क्षेत्रबाट जडिुवटी लगेर औषधी उपचारमा प्रयोग गरेको धार्मीक ग्रन्थ रामणयमा उल्लेख छ । निरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडिवुटीहरु प्रशस्त पाईने जलजला क्षेत्रको जंगलमा मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालीज लगायत पशुपंक्षीको बसोबास छ । मातातीर्थ औसीका दिन दिवंगत बुवा आमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पुजाआजाका लागि शंकर भगवानको मन्दिर बनाइएको छ ।भक्तजन र पर्यटकलाई पदमार्ग, खाने बस्ने होटल तथा लजको अभाव छ ।   शालीजा को तारे र मोदी गाउँपालिकाको देउराली हुदै जलजलासम्म सडक र पदमार्ग पु¥याउने योजना अघि सारिएको छ । अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने जलजलामा पर्वतको लेकफाँट, शालीजा, लेसपार, म्याग्दीको नाङ्गी, घोडेपानी, मोहरेडाँडा र कास्कीको उल्लेरी हुदै जलजला पुग्न सकिन्छ । मोदी र जलजला गाउँपालिका मिलेर यसलाई पर्यटकीय गन्तब्य बनाउनका लागि साझा योजना र कार्यक्रम अघि सार्न आबश्यक भएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल बताउनुहुन्छ ।

Leave a Reply