जिल्लाको मालिका गाउँपालिका-२ रुमको बिलबाङमा एक महिला खुकुरी प्रहार हुदाँ गम्भीर घाईते भएकी छन् । स्थानीय २७ बर्षका रमेश पुनले रुम खवाङस्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक ४१ बर्षिया इन्द्रा बुढालाई विद्यालय जाने क्रममा बाटोमा खुकुरी प्रहार गरेको रुमबाट स्थानीय भुपेन्द्र नेपालीले बेनीअनलाइनलाई जानकारी दिए ।

आफ्नै छामालाई पुनले खुकुरी प्रहार गरेपछि अचेत अवस्थामा रहेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए। उनका अनुसार घटनामा संलग्न पुन फरार छन् । इलाका प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गएको छ । घाईतेलाई हेलिकप्टरबाट थप उपचारका लागि लैजाने तयारी भइरहेको छ । घटनामा संलग्नको खोजीकार्यमा स्थानीयले समेत सक्रियता देखाइरहेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply