मालिका गाउँपालिका वडा नं २ बिलबाङकी एक महिला इन्द्रा बुढालाई खुकुरी प्रहार गरी भाग्दै गरेको अवस्थामा प्रहरीले रमेश पुनलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक समेत भएकाले बुढालाई गाउँको पीङजरा भन्ने ठाउँमा लुकेर बसेको अवस्थामा एक्कासी हातमा खुकुरीले प्रहार गरी भाग्दै गम्भीर घाईते बनाएर भाग्दै गरेका पुनलाई प्रहरीले स्थानीयको सहयोगमा मालिका गापा वडा नं १ निस्कोट नजिकबाट नियन्त्रणमा लिएको हो ।

माक्सको प्रयोग गरी जंगलको बाटो हुदै यात्रा गरेका पुनलाई स्थानीयले हुलियाका आधारमा चिनेका थिए । रुमबासीले चारैतर्फबाट छिमेकी ओखरबोट, देविस्थान, फुलबारी हुदै दरबाङ र निस्कोट र बागलुङ तर्फ जाने सिमाना क्षेत्रमा खोजीकार्य गरेका थिए । निकै त्रसित अवस्थामा भेटिएका पुनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएरको थियो ।

विगतमा समेत अपराधिक जस्तै तत्कालै आबेगमा आउने पुनलाई स्थानीयले तत्कालै पहिचान गरेका थिए । घटनामा संलग्न भएको पहिचान खुलेपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले निस्कोटबाट छिमेकी जिल्ला बागलुङ तर्फ जाने योजना अन्तरगत निस्कोटमा प्रहरीले पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बेनीतर्फ ल्याउँदै गरेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

‘स्थानीयले देखेपछि तत्कालै नियन्त्रणमा लियौं,‘घाईतको अवस्था अझै गम्भीर छ’ मरासिनीले बेनीअनलाइनलाई भने । उनका अनुसार समान्य विवाद भएपनि अभियुक्तले बुढालाई बाटोमा योजनाबद्ध तरिकाले मार्ने प्रयास गरेको बताए । उनले खुकुरीले हातमा प्रहार गरेपछि टाउकोमा हानेका थिए । घटनास्थलबाट हतियार भेटिएको छैन् । घटनालत्तगै जंगल हुदै भागेका थिए। एक्कासी आक्रमण गरेपछि घाईते अवस्थामै बुढाको आवाज सुनेपछि स्थानीय पुगेका थिए ।

बुढाको हात, टाउको लगाएत शरीरमा गम्भीर चोट लागेको छ । विद्यालयमा जादै गरेको अवस्थामा उफ्रिएर खुकुरी प्रहार गरेका थिए । खुकुरीबाट आफ्नो अनुहार र शरिर जोगाउन खोज्दा हातमा लागेको थियो । त्यसलगत्तै थप दुईतीनपटक शरीरमा प्रहार गरेको देखिएको छ। घाईते अवस्थामा तत्कालै प्राथमिक उपचार गर्ने क्रममा रगताम्मे अवस्थामा भेटिएकी बुढालाई थप उपचारका लागि प्रभु हेलिकप्टरबाट पोखरा लगिएको थियो । पछिल्ला केहीमहिना यता रुममा अपराधिक घटना घट्न थालेका छन् । लघुवित्तका कर्मचारीलाई समेत मार्ने योजना अन्तरगत ढुंगा प्राहार गरी नगद लुटपाट गरिएको थियो। उक्त घटनामा संलग्न समेत फरार छन्। रुममा पछिल्लो समय असुरक्षित बढ्दै गएपछि प्रहरी चौकीको माग समेत गर्न थालिएको छ ।

Leave a Reply