थम्मन थापा/ लोक तथा दोहोरी गायक मनोज सिंह धामीले ‘कालापानी हाम्रै हो’ गीत सार्वजनिक गरेका छन । सुदुरपश्चिमको दार्चुलामा जन्मिएका गायक धामी नेपाली लोक दोहोरी क्षेत्रमा अनवरत गीत संगीतहरु प्रस्तुत गर्दै आईरहेका छन । यस पटक देशको स्वाभिमानको संरक्षण सम्वर्दनको निनित्त शिवदर्शन फिल्मस्को युट्युब मार्फत देशको सिमाना मिचिएको भावमा गीत प्रस्तुत गरेका छन । उक्त गीतमा लय, शब्द तथा संगीत गायक स्वयम धामी को रहेको छ ।

गीतमा गायक धामीलाई लोकप्रिय गायिका पूर्णकला बिसीले साथ दिएकी छन ।नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा समावेश गरी भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि अहिले देशभर विरोध भईरहेको छ ।यसैसन्दर्भमा गायक धामीले आफ्नो तर्फबाट जन्मभुमिको रक्षार्थ सो गीत सार्वजनिक गरेको बताएका छन ।

गीतको भिडियो हेर्नको लागि 

गीतलाई समाजसँग जोडेर सृजना गर्ने सर्जक धामीले सार्वजनिक नयाँ गीतमा भारतले नेपाली भूमि मिचेर दादागिरी गरेको कुरालाई लक्षित गर्दै सो नेपाली भुमि भारतले छोड्नुपर्ने उल्लेख छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दार्चुला जिल्ला अध्यक्ष समेत रहेका कलाकार धामीको गीतमा भारतबाट मध्येरातमा सिमानाका पिल्लर सारिने गरेको, सिमा विवादले नेपाली जनता मारिने गरेको र यसपूर्व भएका राष्ट्रघाती सन्धी सम्झौता खारेज गरिनुपर्ने माग गरिएको छ ।

नेपालमाथि भारतीय विस्तारवादको गिद्दे आँखा जहिल्यै परिरहने भएकाले सिमामा नेपाली सेना खटाउनु आवश्यक रहेको उनिहरुले औंल्याएका छन् । विश्वको अग्लो शिखर सगरमाथाको शान र नेपालीको पहिचान चुक्न दिन नहुने उनिहरुको गीतमार्फत जोड छ । नेपाल–चीन जोड्ने दार्चुलाको तिङकर सडकखण्ड खोलेर भारतको घमण्ड तोड्नुपर्ने र आज नगरे भोलि कसले गर्छ भन्दै अमर सिं थापा र बलभद्र कुँवर झै बलि चढेर भए पनि नेपालको रक्षार्थ सबैले एकजुट भएर लड्न उनीहरुले सबैसँग आग्रह समेत गरेका छन् ।

Leave a Reply