---Advertisement---

वेष्ट पोइन्टमा बक्तृत्वकला प्रतियोगिता

By -
On: November 16, 2019 10:44 PM
Follow Us:

वेष्ट पोइन्ट कलेजमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । Influential Bachelors को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका ९ जना विद्यार्थीहरु सहभागी रहेका थिए । “बर्तमान समयमा प्रविधिको प्रयोग र यसको प्रभाव” बिषयमा भएको प्रतियोगितामा कक्षा १० का छात्रा अनुसुया श्रेष्ठ प्रथम, कक्षा ११ का हिना शेरपुन्जा द्वितीय, कक्षा १० का शिर्षक श्रेष्ठ, तेश्रो भएका छ्न त्यसैगरी कक्षा १० कै सज्जन भण्डारी सान्तवाना भएका छन् ।

बक्ताहरुले अंग्रेजी र नेपाली दुवै भाषामा बोलेका थिए । कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले समय सान्दर्भिक र उत्कृष्ट कार्यक्रमको आयोजना गरेकोमा क्लबलाई धन्यबाद दिनु भएको थियो ।

त्यसैगरी फाउन्डेसनका संस्थापक निर्देशक सुबाश कुमार श्रेष्ठले क्लबले धेरै राम्रा काम गर्दै आइरहेको र आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्नेछ भने कुरामा आफु बिस्वस्त रहेको कुरा बताउनु भयो । त्यसका लागि हरेक प्रकरको सहयोग रहने बताउनु भयो । कार्यक्रम क्लबका अध्यक्ष दिनेशकुमार विश्वकर्माको अध्यक्षता र सचिव कृष्ण बिश्वकर्मा र सहसचिव प्रिती कार्कीको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

-