---Advertisement---

लायन्स क्लबले मल्लाजमा निःशुल्क आँखा शिविर

By -
On: March 19, 2021 11:21 AM
Follow Us:

उत्तरी पर्वतको जलजला गाउँपालिका–३, स्थित माझफाँट मल्लाजमा आइतबारदेखि निःशुल्क आँखा शिविर सुरु भएको छ। सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनामा सुरु भएको शिविरको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले उद्घाटन गदैं लायन्स क्लवको सामाजिक तथा मानविय कार्यको उच्च प्रशंसा गरेका थिए ।

उनले क्लवमार्फत भइरहेका सामाजिक तथा मानविय अभियानलाई थप निरन्तरता दिन समेत अनुरोध गरे । सोही अवसरमा वडा अध्यक्ष देबेन्द्र भण्डारी लगाएतले मन्तब्य राखेका थिए । शिविरको पहिलो दिन २ सय ३५ जनाले सेवा लिएकोमा १७ जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने देखिएको न्यू होराईजन आवासीय माविका प्रधानाध्यापक अर्जुन पौडेलले बताए । शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष दिनेश बानियाँ, स्वागत जोन चियरपर्सन दिलिप बरुवाल र सञ्चालन सचिव दल बहादुर जिसीले गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा निःशुल्क आँखाको चेकजाँच गर्नुका साथै मोतियाविन्दुको शल्यक्रिया समेत गरिने लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष बानियाँले बताए ।हिमालयन आँखा अस्पताल घारीपाटन पोखराकी डा. हरिमायाँ गुरुङको नेतृत्वमा आएको टोलीलाई आँखा उपचार केन्द्र बेनीको प्राविधिक सघाइरहेको क्बलका हेल्थ डाइरेक्टर तथा वडानम्बर १ का अध्यक्ष तुलसीराम रेग्मीले बताए ।

आँखा परीक्षण, परामर्श, मोतियाविन्दुको शल्यक्रियाका साथै निःशुल्क औषधी र चस्मा वितरण गरिने छ ।शिविरमा जलजला गाउँपालिकासहित म्याग्दीको बेनीबजार तथा आसपासका क्षेत्रबाट बिरामीहरु उपचार गर्न पुगेका छन् ।

-