अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

अन्नपूर्णका सबै वडामा माटो परीक्षण

On: November 18, 2019 11:11 AM
Follow Us:

उत्तरी म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा उत्पादकत्व बृद्धिका लागि पहिलोपटक आठवटै वडामा माटो परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिकाको अविरल फाउन्डेसनका लेस्ली सहित विदेशी कृषि प्राविधिकहरुको टोलीले तीन दिन लगाएर माटोको परीक्षण गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाका लागि उपयुक्त हुने कृषि बालीको समेत सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनका अनुसार गाउँपालिकामा कीट बक्स विधि प्रयोग गरेर माटोका परीक्षण गरिएको हो । सोही अवसरमा माटोमा नाईट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थको मात्राको मापन पनि गरिएको थियो । गाउँपालिका भित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुकुलको खाद्यान्न,तरकारी र फलफूलको विऊ मगाइ आत्मनिर्भर हुने खेतीलाई अपनाइने गाउँपालिकाको योजना रहेको बताइएको छ ।

कृषि क्षेत्रलाई व्यवस्थित गर्नका लागि माटो परिक्षणको काम गरिएको गाउँपालिकाले जनाएको छ । ‘जुनसकै ठाउँमा कृषि व्यवसाय थाल्नु अगाडि त्यस ठाउँको माटोमा बिरुवाका लागि आवश्यक पोषकतत्वको मात्रा थाहा पाउन जरुरी रहेछ,’ अध्यक्ष पुनले भन्नुभयो । माटोमा रहेको उर्बराशक्तीलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीका सदस्य प्रशन्न केसीले बताउनुभयो ।

माटो परिक्षणमा एग्री कल्चरका निशन देबकोटा, प्रसन्न केसी ,निशा घिमिरे लगायतको प्राविधिक टोलिले सघाएका थिए । साथै माटो परिक्षणका लागि प्रत्येक वडाका करिब नौं जनाको समुहलाई तालिम दिइएको छ । साथै प्रत्येक वडामा दुई थानका दरले २ लाख ५० हजार रुपैयाँ बराबरको माटो परिक्षण गर्ने किट बक्स उपकरण वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।