पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । शनिबार मिलनचोकमा आयोजना गरिएको आम भेलाबाट महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको हो ।

समितिहरु गठन गरी महोत्सवको तयारीलाई तिव्र पारिएको महोत्सव आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिनुभयो । मंसिर १९ देखि २६ गते सम्म मिलनचोकमा आयोजना हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको प्रचारप्रसार,पत्रचार, भेटघाट,आयोजक सदस्यता वितरण र महोत्सव स्थल निर्माणलाई तिव्र पारिएको आयोजक समितिका महासचिव आचार्यले जानकारी दिनुभयो ।

भेलाबाट पुजा व्यवस्थापन,स्वागत सत्कार,स्वयमसेवक परिचालन, मञ्च व्यवस्थापन,संचार,भोजन व्यवस्थापन,खाद्यान्न व्यवस्थापन,सचिवालय व्यवस्थापन,लत्ता कपडा तथा आवास व्यवस्थापन, आर्थिक,चिठीपत्र,फुलमाला,कलश,चियापान,शोभायात्रा, दान,भजन,तोरण व्यवस्थापन र खानेपानी व्यवस्थापन उपसमिति गठन गरी जिम्मेवारी वाँडफाँड गरिएको छ । यसैगरी भेलाले यातायात,सुरक्षा,मोटरसाइकल ¥याली लगायतका उपसमिति गठन गरिएको सचिवालय सचिव टेकनारायण आचार्यले जानकारी दिनुभयो ।

भेलाले १८ गते महोत्सवको प्रचारप्रसारका लागि म्याग्दी,बागलुङ र पर्वतका सदरमुकाम बजारहरुमा मोटरसाइलक ¥यालीको आयोजना गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौं,पोखरा,चितवन,म्याग्दी र बागलुङ लगायत देशभर नै महोत्सवको प्रचारप्रसारलाई तिव्र पारिएको छ ।

प्रतिव्यक्ती पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग करिब आठ सय जना आयोजक समितिको सदस्य भइसकेको आचार्यले बताउनुभयो । महोत्सवलाई सफल बनाउन सबै क्षेत्रबाट तयारी तिव्र पारिएको आयोजकले जनाएको छ। स्थानीय गाईको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न नेपालमै पहिलोटपक गौमहोत्सवको आयोजना गर्न लागिएको हो ।

गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।  महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ ।

धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो । स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।

गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो।

Leave a Reply